लोकदर्शनले मुख्यसचिव बन्न रोकेका घिमिरे अमेरिकाका लागि राजदूत सिफारिस

सरकारले आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्दा एनजीओकर्मी र पूर्व प्रशासकहरुले ठाउँ पाएका छन् । रोचक संयोग पनि जुरेको छ यस पटक राजदूत सिफारिस हुँदा । दुई जना पूर्व प्रशासकहरु राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा चल्ताफुर्ता खेलाडीका रुपमा आफूलाई उभ्याउन सफल लोकदर्शन रेग्मीले फेरि अवसर पाएका छन् । उनी यस अघि बेलायतका राजदूत थिए । काँग्रेसी सरकारको समयमा अवधि नपुग्दै फिर्ता बोलाइएका रेग्मीलाई वर्तमान सरकारले पुन भारतका लागि राजदूत बनाएर खटाएको छ ।

बिज्ञापन

रेग्मी मुख्यसचिवबाट अवकाशमा जानु २२ दिनअघि राजीनामा दिएर सो वापत बेलायतको राजदूत नियुक्ति खाएका थिए । सेटिङमै राजीनामा दिन लगाएर त्यस पछि शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको थियो । पछि तिनै वैरागीका लागि नयाँ पद श्रृजना गरी काण्ड काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । यस अघि रेग्मीले आफु मुख्यसचिव हुन जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाइएको थियो । त्यस समयमा सेटिङ नगरिएको भए तमाङ समुदायबाट धनबहादुर तमाङ नेपालको पहिलो मुख्यसचिव बन्ने थिए । तर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई रेग्मी मुख्यसचिव भएका थिए । निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका थिए । पछि काँग्रेस माओवादीको सरकार हुँदा फिर्ता बोलाइएका रेग्मीलाई एमाले र माओवादीको गठबन्धन सरकारले राजदूत बनाएर भारत पठाउन लागिएको छ ।

बिज्ञापन

त्यस्तै, मुख्य सचिव बन्ने लाइनमा रहेर पनि अवसर नपाएका चन्द्र घिमिरेलाई अमेरिकाका राजदुत सिफारिस भएका छन् । नियमित प्रक्रिया नमिचिएको भए घिमिरे मुख्यसचिव बन्ने थिए । प्रक्रिया मिचेर शंकरदास वैरागीलाई सचिव बनाइएसँगै उनले ७७ पुस २९ मा सचिव पदबाट राजीनामा दिएका थिए । लोक दर्शन रेग्मीलाई समय अवधि बाँकी हुँदै राजीनामा गर्न लगाएर शंकरदास बैरागीलाई मुख्यसचिव बनाइएको थियो । राजीनामा दिए पछि रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्ति गरिएको थियो । भारतका लागि राजदूत सिफारिस भएका पूर्वमुख्य सचिव रहेका बेलामा लोकदर्शन रेग्मीले कर्मचारी प्रशासनमा सेटिङको धन्दा चलाएर सचिव चन्द्र घिमिरेलाई मुख्य सचिव हुनबाट रोकेका थिए । रेग्मीले परराष्ट्रका तत्कालीन सचिव शंकरदास वैरागीलाई सेटिङमा मुख्य सचिव बनाएका थिए । त्यसका लागि तत्कालीन प्रधामन्त्री केपी ओली सहयोगी बनेका थिए ।

सरकारले तिनै घिमिरेलाई शुक्रबार अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । तर, घिमिरेसँगै भारतका लागि राजदूत सिफारिस भएका रेग्मी दोस्रोपटक राजदूत हुँदै छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाश पाएको महिना दिन पछि नै पूर्व सहसचिवलाई कार्यदलको जिम्मेवारी

नियुक्ति,सरुवा,बढूवादेखि ऋृण स्वीकृतिसम्म : यस्ता छन् क्याविनेटका १८ निर्णय

अर्थका शाखा अधिकृतदेखि सहसचिवसम्म सरुवाको तयारी

मालपोत हाकिम बन्न ५० लाख! मन्त्री बलराम अधिकारी र प्रमोद खड्काको सेटिङ प्रकट

मन्त्रीबाट हटाइने सूचना पाएपछि विचौलियाको स्वार्थ अनुसार फेरिए मालपोत प्रमुख

बलराम अधिकारी मन्त्री पदमै रहँदा अख्तियारलाई बयान लिन सकस

सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

बिशेष