लोकदर्शनले मुख्यसचिव बन्न रोकेका घिमिरे अमेरिकाका लागि राजदूत सिफारिस

सरकारले आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्दा एनजीओकर्मी र पूर्व प्रशासकहरुले ठाउँ पाएका छन् । रोचक संयोग पनि जुरेको छ यस पटक राजदूत सिफारिस हुँदा । दुई जना पूर्व प्रशासकहरु राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा चल्ताफुर्ता खेलाडीका रुपमा आफूलाई उभ्याउन सफल लोकदर्शन रेग्मीले फेरि अवसर पाएका छन् । उनी यस अघि बेलायतका राजदूत थिए । काँग्रेसी सरकारको समयमा अवधि नपुग्दै फिर्ता बोलाइएका रेग्मीलाई वर्तमान सरकारले पुन भारतका लागि राजदूत बनाएर खटाएको छ ।

बिज्ञापन

रेग्मी मुख्यसचिवबाट अवकाशमा जानु २२ दिनअघि राजीनामा दिएर सो वापत बेलायतको राजदूत नियुक्ति खाएका थिए । सेटिङमै राजीनामा दिन लगाएर त्यस पछि शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको थियो । पछि तिनै वैरागीका लागि नयाँ पद श्रृजना गरी काण्ड काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । यस अघि रेग्मीले आफु मुख्यसचिव हुन जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाइएको थियो । त्यस समयमा सेटिङ नगरिएको भए तमाङ समुदायबाट धनबहादुर तमाङ नेपालको पहिलो मुख्यसचिव बन्ने थिए । तर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई रेग्मी मुख्यसचिव भएका थिए । निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका थिए । पछि काँग्रेस माओवादीको सरकार हुँदा फिर्ता बोलाइएका रेग्मीलाई एमाले र माओवादीको गठबन्धन सरकारले राजदूत बनाएर भारत पठाउन लागिएको छ ।

बिज्ञापन

त्यस्तै, मुख्य सचिव बन्ने लाइनमा रहेर पनि अवसर नपाएका चन्द्र घिमिरेलाई अमेरिकाका राजदुत सिफारिस भएका छन् । नियमित प्रक्रिया नमिचिएको भए घिमिरे मुख्यसचिव बन्ने थिए । प्रक्रिया मिचेर शंकरदास वैरागीलाई सचिव बनाइएसँगै उनले ७७ पुस २९ मा सचिव पदबाट राजीनामा दिएका थिए । लोक दर्शन रेग्मीलाई समय अवधि बाँकी हुँदै राजीनामा गर्न लगाएर शंकरदास बैरागीलाई मुख्यसचिव बनाइएको थियो । राजीनामा दिए पछि रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्ति गरिएको थियो । भारतका लागि राजदूत सिफारिस भएका पूर्वमुख्य सचिव रहेका बेलामा लोकदर्शन रेग्मीले कर्मचारी प्रशासनमा सेटिङको धन्दा चलाएर सचिव चन्द्र घिमिरेलाई मुख्य सचिव हुनबाट रोकेका थिए । रेग्मीले परराष्ट्रका तत्कालीन सचिव शंकरदास वैरागीलाई सेटिङमा मुख्य सचिव बनाएका थिए । त्यसका लागि तत्कालीन प्रधामन्त्री केपी ओली सहयोगी बनेका थिए ।

सरकारले तिनै घिमिरेलाई शुक्रबार अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । तर, घिमिरेसँगै भारतका लागि राजदूत सिफारिस भएका रेग्मी दोस्रोपटक राजदूत हुँदै छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष