एमालेले नियुक्त गरेका ५ राजदुत :- २ पूर्व सचिव,३ एनजीओकर्मी

सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेका आठवटा देशका राजदूत सिफारिस गर्दा २ जना पूर्व प्रशासक र तीन जना एनजीओकर्मी परेका छन् । जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा)का २ र माओवादी केन्द्रबाट १ जना छन्।

बिज्ञापन

पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत नियुक्त भएका छन् । रेग्मी अवकाशको २२ दिनअघि राजीनामा दिएर सो वापत बेलायतको राजदूत भएका थिए । सेटिङमै राजीनामा दिन लगाएर त्यस पछि शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको थियो । पछि तिनै वैरागीका लागि नयाँ पद श्रृजना गरी काण्ड काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । यस अघि रेग्मीले आफु मुख्यसचिव हुन जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाइएको थियो ।

बिज्ञापन

त्यस समयमा सेटिङ नगरिएको भए तमाङ समुदायबाट धनबहादुर तमाङ नेपालको पहिलो मुख्यसचिव बन्ने थिए । तर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई रेग्मी मुख्यसचिव भएका थिए । निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका थिए । पछि काँग्रेस माओवादीको सरकार हुँदा फिर्ता बोलाइएका रेग्मीलाई एमाले र माओवादीको गठबन्धन सरकारले राजदूत बनाएर भारत पठाउन लागिएको छ ।

त्यस्तै, मुख्य सचिव बन्ने लाइनमा रहेर पनि अवसर नपाएका चन्द्र घिमिरेलाई अमेरिकाका राजदुत बनाइएको छ । नियमित प्रक्रिया नमिचिएको भए घिमिरे मुख्यसचिव बन्ने थिए । प्रक्रिया मिचेर शंकरदास वैरागीलाई सचिव बनाइएसँगै उनले ७७ पुस २९ मा सचिव पदबाट राजीनामा दिएका थिए । लोक दर्शन रेग्मीलाई समय अवधि बाँकी हुँदै राजीनामा गर्न लगाएर शंकरदास बैरागीलाई मुख्यसचिव बनाइएको थियो । राजीनामा दिए पछि रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्ति गरिएको थियो । यस्तै एनजीओकर्मी सुशील प्याकुरेललाई दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत नियुक्त गरिएको हो ।
प्याकुरेल इन्सेकका संस्थापक अध्यक्ष हुन । उनी विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा सल्लाहकार भएर समेत काम गरिसकेका छन् । यस्तै डा नेत्र
गैर सरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन । उनले नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष चलाइसकेका छन् भने अर्काे एनजीओ सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूतमा सिफारिस भएकी छिन् । उनी पद्यमरत्न तुलाधरकी छोरी हुन ।

बिज्ञापन

सरकारले गत जेठ २४ गते काँग्रेसी कोटाबाट नियुक्त भएका ११ देशको राजदूत फिर्ता बोलाएको थियो । भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएर ती ठाउँमा एमाले माओवादी गठबन्धनबाट नयाँ राजदूत नियुक्ति सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

बिशेष