आठ देशका राजदूत नियुक्त,पूर्व मुख्यसचिव रेग्मीलाई भारत

सरकारले आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत नियुक्त गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत नियुक्त भएका छन् ।

बिज्ञापन

रेग्मी अवकाशको २२ दिनअघि राजीनामा दिएर सो वापत बेलायतको राजदूत भएका थिए । सेटिङमै राजीनामा दिन लगाएर त्यस पछि शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको थियो । पछि तिनै वैरागीका लागि नयाँ पद श्रृजना गरी काण्ड काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । यस अघि रेग्मीले आफु मुख्यसचिव हुन जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाइएको थियो ।
त्यस समयमा सेटिङ नगरिएको भए तमाङ समुदायबाट धनबहादुर तमाङ नेपालको पहिलो मुख्यसचिव बन्ने थिए । तर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई रेग्मी मुख्यसचिव भएका थिए । निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका थिए । पछि काँग्रेस माओवादीको सरकार हुँदा फिर्ता बोलाइएका रेग्मीलाई एमाले र माओवादीको गठबन्धन सरकारले राजदूत बनाएर भारत पठाउन लागिएको छ ।

बिज्ञापन

त्यस्तै, अचन्द्र घिमिरे अमेरिका, सुशील कोइराला दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत नियुक्त गरिएको हो ।
सरकारले गत जेठ २४ गते काँग्रेसी कोटाबाट नियुक्त भएका ११ देशको राजदूत फिर्ता बोलाएको थियो । भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएर ती ठाउँमा एमाले माओवादी गठबन्धनबाट नयाँ राजदूत नियुक्ति सिफारिस गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

महत्वपूर्ण विषय समावेश नगरी विद्येयक पारित गरिएकोमा कर्मचारी युनियनको आपत्ति

शिशिर बुढाथोकीको गजल

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिले गरेका नयाँ व्यवस्थाहरु र मेरो भन्नु

राजनीतिमा तटस्थ, निजामती प्रशासनको खोजी

बिशेष