फेरि राजदूत बन्दै पूर्व मुख्यसचिव रेग्मी

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी फेरि राजदूत बन्ने भएका छन् । सरकारले गत जेठ २४ गते काँग्रेसी कोटाबाट नियुक्त भएका ११ देशको राजदूत फिर्ता बोलाएको थियो । भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएर ती ठाउँमा यस अघि राजदूत बनिसकेका युवराज खतिवडा, लोकदर्शन रेग्मी, दावाफुटी शेर्पा, नारायण संग्रौला, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतलाई खटाउन लागिएको हो ।

बिज्ञापन

एमालेको कोटामा ८,माओवादी १ र रास्वापाले २ देशको राजदूत पाउदै छन् ।एमालेको कोटाबाट लोकदर्शन रेग्मी फेरि राजदूत बन्न लागेका हुन । यस अघि अवकाशको २२ दिन अघि शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने गरी राजीनामा दिएवापत राजदूत उपहारमा पाएका रेग्मीलाई फेरि राजदूतको जिम्मेवारी दिन लागिएको हो ।

बिज्ञापन

अवकाशको २२ दिनअघि मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाई बेलायतको राजदूत पद दिएर शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको थियो । पछि तिनै वैरागीका लागि नयाँ पद श्रृजना गरी काण्ड काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । यस अघि रेग्मीले आफु मुख्यसचिव हुन जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाएर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई मुख्यसचिव भएका थिए ।

निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका थिए । पछि काँग्रेस माओवादीको सरकार हुँदा फिर्ता बोलाइएका रेग्मीलाई एमाले र माओवादीको गठबन्धन सरकारले राजदूत बनाएर भारत पठाउने तयारी गरिरहेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष