गडबडीमा जोडिएका सहसचिव धमाधम गृहमा

मन्त्री छन्,स्टण्डबाज,इमान र आर्दशका ठूला कुरा गर्ने तर कर्मचारीहरु भटाभट भित्रिरहेका छन्,भ्रष्टाचार र अनियमिततामा डामिएकाहरु ।

बिज्ञापन

यस्तो दृश्य देख्न पाइन्छ गृह मन्त्रालयमा । हालैमात्र गृहमा ५० लाख घुस काण्डमा डामिएका एक सहसचिवले इन्ट्री पाएका छन्,उनी हुन लालबाबु कवारी । उनी सिराहाको सिडिओ हुँदा उनी जोडिएको ५० लाख घुसकाण्डमा परेका अडियो गृह मन्त्रालयमा पुग्यो । त्यहाँबाट सरुवा भएर सरुवा भएर गोरखा पठाइए,बीच बाटोमा सरुवा उल्टियो । यस अघि उपसचिव हुँदा २० लाख घुस काण्डमा मुछिएर निलम्बनमा परी पछि विशेषबाट सुन पानी छर्किएका कवारीले गृह प्रवेशको अवसर पाएका हुन । अस्ति ३२ सहसचिवको सरुवा हुँदा कवारी लुम्बिनी प्रदेशबाट गृह भित्रिएका छन् ।

बिज्ञापन

यसरी बदनाम सहसचिवहरु गृहमा भित्रिएका कवारी एक्ला होइनन् । बालेन साहले लखेटेका बसन्त अधिकारीले गृहकै ओत पाएका छन् । उनलाई अहिले विपद् प्राधिकरणको हाकिम बनाइएको छ । पोखराका प्रमुख जिल्ला अधिकारी रहेका वासुदेव घिमिरे वैदेशिक अध्ययनमा निस्कने भएसँगै विपद्का हाकिम भरत पाण्डेलाई कास्की खटाएर त्यहाँ बसन्तलाई भित्र्याइएको हो । त्रिवि एयरपोर्टका हाकिम हुँदा प्रहरीसँग लफडामा मुछिएका,यातायातको डिजी हुँदा नक्कली लाइसेन्स प्रकरणमा मुछिएर छानबिन चलिरहेका गोगनबहादुर हमाल अहिले गृहको आन्तरिक व्यवस्थापन महाशाखाको हर्ताकर्ताको कुर्सीमा पुगेका छन् । नक्कली लाइसेन्स प्रकरणमा डामिएका नारायण भट्टराई नारायणकाजी गृहमन्त्री हुँदादेखि गृहमै कार्यरत छन् । राष्ट्रिय परिचपत्रमा भएको हिनामिनामा डामिएका तिर्थराज भट्टराईलाई अहिले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै,सुन काण्डमा छानबिन समितिले दोषी ठहर गरेका उमाकान्त अधिकारी गृहकै हर्ताकर्ता छन् । सुन काण्डमै छानबिन समितिले दोषी करार गरेका अरुण पोखरेललाई सिडिओको जिम्मेवारी दिइएर खटाइएको छ ।

यता गृहमन्त्री लामिछानेले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई हटाउन खोजी रहेका छन् । अघिल्लो बर्ष असार २१ मा जिम्मेवारी सम्हाल्न पुगेका बस्नेतलाई हटाएर त्यहाँ डा भीष्मकुमार भुसाललाई खटाउने तयारी चल्दैछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष