स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ र ९१ मा कर्मचारीहरुको मुख्य आपत्ति,संशोधनको प्रस्ताव

संघीय सरकारले संशोधन गर्न लागेको स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहका कर्मचारीले २ बुँदे राय सुझाब पेश गरेको छ । संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधनका लागि सुझाव माग गरेकोमा स्थानीय तह कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिले दुई बुँदे सुझाव पठाएको हो । कर्मचारीहरुले दफा ९१ मा रहेको अवकाश कोषको व्यवस्थामा संशोधन हुनुपर्ने राय दिएको छ । ऐनमा भएको विद्यमान व्यवस्थाले आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारीले आफूहरुको सेवा सुविधा संघीय निजामती कर्मचारी सरह हुनुपर्ने माग राखेका छन् । स्थानीय तहबाटै मासिक रुपमा १० प्रतिशत तलब काटिने र स्थानीय तहमै अवकाश कोष रहने विद्यमान व्यवस्थालाई संशोधन गरी संघीय कानुन बमोजिम हुनुपर्ने संशोधन प्रस्ताव राखिएको छ ।

बिज्ञापन

अहिले स्थानीय तहले आफ्नो दरबन्दीमा रहेका कर्मचारीले खाइपाइ आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने भन्ने व्यवस्था छ । संजालले यस्तो व्यवस्था संशोधन गरी १० प्रतिशतको सट्टा एक महिनाको तलब बराबरको रकम वार्षिक रुपमा जम्मा गर्नुपर्ने भन्ने व्यवस्था गर्न भनेको छ ।

बिज्ञापन

स्थानीय तहका कर्मचारीहरुको संस्था स्थानीय सेवा कर्मचारी संजालले पनि संघीय सरकारलाई सुझाव दिएको छ । संजालले संघीय सरकारलाई २ बुँदे सुझाव दिएको हो । यस्तै दफा ८७ मा रहेको विद्यमान प्रतिष्प्रर्धाको व्यवस्थालाई संशोधन गर्नुपर्ने सुझाव स्थानीय तहका कर्मचारीहरुले पेश गरेका छन् ।

 

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति विवरण नबुझाउनेलाई पेन्सन रोक्का, कितावखानाको कडा प्रहार

यी हुन सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका ११ उमेद्धार

सहसचिवको लिखित नतिजा प्रकाशित

सरकारी साक्षी नै घुसकाण्डमा फसेः मोही जग्गा दर्ता प्रकरणमा भक्तपुर मालपोतसँग मिलेमतो

६६ निजामतीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर,स्वास्थ्य सेवाबाटै मनोनयन हुनेछन् सबैभन्दा धेरै

बार्षिकोत्सव कार्यक्रममै कर्मचारीहरुको मौन विरोध

प्रदेश ऐन संशोधनदेखि अस्थायी सङ्गठन संरचना स्वीकृत गर्नेसम्म मन्त्रिपरिषद् बैठकको निर्णय

कासमू नम्बर : प्रशासनका अब्बल,प्राविधिक कमसल ?

बिशेष