राजदूत भागबण्डा :- एमाले ८, रास्वपा २ र माओवादीलाई १

सत्तारुढ गठबन्धनमा राजदूतको भागबण्डाबारे मोटामोटी सहमति जुटेको छ । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूत भागबण्डा टुंग्याएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेबीचको भएकाे छलफलले  ११ देशको राजदूतमा भागवण्डा गरेकाे हाे ।

बिज्ञापन

जसअनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ ।
जसअनुसार एमालेले ८, रास्वपाले २ र नेकपा माओवादी केन्द्रले १ देशको राजदूत पाउने छन् । जेठ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।रास्वपाले  भारत र अमेरिकामध्ये एक राजदूत आफूलाई दिन माग गरेकाे छ

बिज्ञापन

फिर्ता बोलाइएकाहरु अधिकाशं कांग्रेस निकटका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

सात सार्वजनिक संस्थान निजीकरणको तयारी, मन्त्रालयले अगाडि बढायो प्रक्रिया

मुख्य सचिवको १० महिना : सार्वजनिक प्रशासन र सेवा प्रवाहको क्षेत्रमा के- के भए सुधार ?

वैरोको सुधार अभियान : बिचौलियाविरुद्ध कठोर र प्रविधिमैत्री सेवाले श्रमिकलाई राहत

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

बिशेष