मन्त्रिपरिषद् पुर्नगठनको तयारी, अर्थमन्त्री ‘सेफ जोन’मा,रेड जोनमा को-को ?

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेफेरको तयारी थालेका छन् । ७ गते बजेट पारित गर्ने, असार ८ मा मन्त्रिपरिषद विस्तार गर्ने र ९ असारमा राजदूत नियुक्त गर्ने गरी राजनीतिक तयारी चलिरहेको नेताहरुले जनाएका छन् ।सरकारलाई विश्वासका मत दिने जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउँदा केही मन्त्रीहरु हटाउन लागेका हुन । मन्त्रीपरिषद् पुर्नगठन गरिँदा माओवादीका पूराना मन्त्रीहरु पनि हटाउने तयारी चलिरहेको छ ।

बिज्ञापन

रञ्जिता श्रेष्ठ र सिके राउतका पार्टीबाट सरकारमा सामेल गराउन खोज्दा माओवादी र एमालेका मन्त्रीहरु फिर्ता बोलाएर सरकार पुर्नगठन गर्ने तयारी चल्दैछ । जसमा सिके राउतलाई परराष्ट्र मन्त्रालय दिने गरी छलफल चलेको छ । सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई तत्कालै सरकारमा सहभागी गराउनेगरि छलफल भइरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा केपी शर्मा ओलीले जनमत अध्यक्ष राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा सामेल हुन प्रस्ताव नै पठाएका थिए ।गृहमन्त्रीमार्फत उपप्रधानमन्त्री तथा परारष्ट्रमन्त्रीसहित सरकारमा सामेल हुन प्रस्ताव राखिएको छ ।

बिज्ञापन

रञ्जिताले राष्ट्रपति फर्किए लगतै आफू सरकारमा सामेल हुने अभिव्यक्ति नै दिएकी छिन् । यता नारायणकाजी श्रेष्ठलाई परराष्ट्रबाट हटाउने तयारी चल्दैछ । पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिने प्रधानमन्त्री प्रचण्डले बचन दिइसकेकाले तामाङ हटाउने सम्भावना धेरै छ ।

अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ छन् । अर्थमन्त्री पुन र पर्यटनमन्त्री तामाङबाहेक सबै पुराना हुन् ।

बिज्ञापन

माओवादीका नेतारुले भने अर्थमन्त्रीबाहेक माओवादीका सबै मन्त्री फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष