जुन एनजीओका कारण भाँडियो निजामती विद्येयकको छलफल

संघीय निजामती सेवा विद्येयक उपर छलफल अघि बढ्न सकेको छैन । गत २ असारमा राखिएको बैठक एनजीओले खाजा प्रायोजन गरिदिएका कारण भाँडिएको थियो । बल्लतल्ल संसदबाट राज्यवस्था तथा सुशासन समितिमा पुगेको उक्त विद्येयकको पहिलो छलफल नै भाँडिएपछिको अर्काे छलफल अझैं टुंगो लाग्न सकेको छैन ।

बिज्ञापन

‘जात फाल्नु गहतको झोल’मा भनेझैं रमिता देखाइदिए संसदीय समितिले । विगतमा सहसचिव इन्द्रविलास पौडेलले गरेझैं गल्ती दोह्रो¥याइदिँदा र खाजाका लागि एनजीओको मुख ताक्दा सांसदका अर्काे कर्मचारी अहिले बदनामी खेप्दैछन् । त्यसरी बदनामी खेप्ने हाकिम हुन,सहसचिव सुरजकुमार दुरा । दुरा रामहरि खतिवडा सभापति रहेको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत हुन ।

बिज्ञापन

यस अघि संसदकै सहसचिव इन्द्रविलास पौडेलले ३० प्याकेट लञ्च बक्सका लागि युनडिपीलाई गुहारेकै शैलीमा दुराले २ असारमा आयोजित राज्यव्यवस्था तथा सुशासन समितिको एउटा बैठकमा उपस्थित सांसदहरुलाई खाजा र खानाका लागि एनजीओ गुहार्दा अहिले आलोचना खेप्दैछन् । पौडेल राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सचिव रहँदा पौडेलले ३० प्याकेट खाजा (लञ्च बक्स) उपलब्ध गराइदिन युएनडिपीलाई पत्राचार गर्दा आलोचित हुनु परेको थियो । उही शैलीमा राज्यव्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले खाजाका लागि एउटा एनजिओ गुहार्दा २ असारमा सिंहदरबारमा रौनक छायो । आठ बर्षदेखि अलपत्र संघीय निजामती सेवा ऐन घुमिफिरी संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पुगेको थियो ।

उक्त विद्येयकमाथि दफादार छलफल हुँदै थियो । समितिका सभापति रामहरि खतिवडाले पहिलो बैठकमा गृहमन्त्री रवि लामिछानेसहित विज्ञका रुपमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई आमन्त्रण गरेका थिए । बिहानै आठ बजे शुरु हुने उक्त छलफल कार्यक्रममा खाजाको व्यवस्था गरेको थियो एनएफपीपीडीले । यो १० बर्ष अगाडि स्थापना भएको एनजीओ हो । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नाम दिइएको यसको अहिलेको हर्ताकर्ता हुन दिलकुमारी रावल थापा (पार्वती) । यही एनजीओले खुवाएको खाजा र खानाको बिषयमा गलफत्ती हुँदा सभापति रामहरि खतिवडालाई पहिलो गाँसमै ढुङ्गा लाग्न पुगेको हो । २०१४ देखि २०१८ सम्म यो एनजीओको हर्ताकर्ता थिइन महालक्ष्मी उपाध्याय डीना,त्यस यता पार्वती यो संस्थाको प्रमुख छिन् ।

बिज्ञापन

आइतबारको बैठकमा मन्त्री,सांसददेखि विज्ञमध्ये आधा जतिले खाजा खाइसकेका थिए । अतिथीका रुपमा आमन्त्रित गृहमन्त्री रवि लामिछानेले चना, फलफुल, जाम–पाउरोटी, अण्डा, आलु भुजुरी आधा आधी खाइसकेका थिए । जसै त्यहाँ कांग्रेस सांसद हृदयराम थानी प्रवेश गरे अनि खाजा र खानाको स्पोन्सर खोज्न थाले । एनजीओको तर्फबाट अरनिका राई र राम गुरागाईंले आफ्नो परिचय दिए पछि कानुन बनाउने ठाउँमा एनजीओ घुसाइएको भन्दै गृहमन्त्री लामिछाने विच्किएर हिडे । केही सांसदहरु एनजीओले प्रायोजन गरेको खाजा खाइवरी निस्किए भने केही खाजा नखाइ उक्त बैठक बहिष्कार गरेर निस्किए । संघीय संसद सचिवालय स्रोतका अनुसार प्रत्येक समितिलाई बैठकका लागि १० लाखका दरले बजेट दिइदै आएको छ । तर सांसदहरुलाई खाजा खुवाउनका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषसँग सहयोग लिएर सञ्चालन हुँदै आएको एनजीओलाई गुहारिएपछि सांसदहरु रामहरि खतिवडासँग रोश पोख्दै थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीबाट हटाइने सूचना पाएपछि विचौलियाको स्वार्थ अनुसार फेरिए मालपोत प्रमुख

बलराम अधिकारी मन्त्री पदमै रहँदा अख्तियारलाई बयान लिन सकस

सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

बिशेष