टेलिकमको हाकिम बन्न १७ जनाको इच्छा जाहेर,निर्देशिका संशोधनले यी दुईलाइ हुनेछ लाभ

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले इच्छा देखाएका छन् ।

बिज्ञापन

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल भष्ट्रचारको मुद्दामा दोषी ठहरसँगै सरकारले उनलाई पदबाट बर्खास्त गरेसँगै त्यहाँ नियुक्तिका लागि गत जेठ तेश्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त मागेको थियो । ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेकाले आवेदन दिनसक्ने मन्त्रालयले जनाएको थियो ।  १२ वर्षको कार्यअनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव सँगै नेपाली वा अंग्रेजी भाषामा तयार पारिएको पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना पनि बुझाउनुपर्ने जनाएकोमा अन्तिम म्याद दिइएको मंगलबारसम्म १७ जनाले आवेदन दिएका छन् ।
जसमा निमित्त प्रबन्ध निर्देशक रहेकी संगीता पहाडी अर्याल, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, कमल लामिछाने, सुभाष साह, केदारनाथ कोइराला र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका छन् । चिन्तामणि बराल, रमेशप्रसाद जोशी र नागेन्द्रकुमार दासका अलवा टेलिकमका प्रबन्धक डा विमल आचार्य र हाल जनक शिक्षा समाग्री केन्द्रका महाप्रबन्धक रहेका अनिलकुमार झाले आवेदन दिएका छन् ।
सञ्चार मन्त्रालय स्रोतका अनुसार झा र अचार्यमध्ये एक प्रवन्ध निर्देशक बन्ने सम्भवना छ । कारण यी दुबैलाई हित हुने गरी नेपाल ‘दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८मा पहिलो संशोधन गरिएको छ ।

बिज्ञापन

नियुक्ति अघिको उक्त निर्देशिका संशोधनलाई चलखेलका रुपमा अर्थाएका छन् । संशोधित निर्देशिकामा प्रबन्ध निर्देशकका लागि दरखास्त दिने उम्मेदवारको उमेर ५६ वर्षबाट बढाएर ५८ वर्ष पुर्याइएको छ भने व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने व्यवस्थासमेत हटाइएको छ । यो संशोधनले बुद्धि र झालाई फाइदा पुग्ने टेलिकमकै कर्मचारीहरु बताउँछन् ।
यस अघि यस्तै मापदण्ड नै संशोधन गरेर सरकारले टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्ति गरेको थियो । पौडेलविरुद्ध १५ असोज २०८०मा नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । पछि विशेषले भ्रष्ट ठहर गरेसँगै अहिले डिल्लीबजार कारागारमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

यातायात सेवा विस्तारमा मन्त्रीको ठाडो हस्तक्षेप : ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

शहरी विभागको खण्डन : ‘खरिद नियमावली मिचिएको र नियुक्तिमा आर्थिक चलखेल’ समाचारमा कुनै सत्यता छैन

अब अनलाइनबाट कर्मचारी सरुवा

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

बिशेष