मौसमी कामदारको नाममा पूर्वतिर अर्काे ठगीधन्दा

नक्कली भुटानी शरणार्थी प्रकरणलाई माथ खुवाउने गरी केही विचौलियाहरुले श्रमका लागि युवाहरुलाई कोरिया पठाउने नाममा धमाधम रकम उठाइरहेको भेटिएको छ । यस्तो धन्दा उपचुनावमा घण्टी पार्टीले लज्जास्पद् हार व्योहोरेको इलाम जिल्लामै सबैभन्दा धेरै देखिएको छ । यस्का अलवा नेपालका पूर्वी भाग झापा,मोरङ्ग, पाँचथर, ताप्लेजुङलगायत जिल्लाका बेरोजगार युवाबाट रकम असुलिरहेको बिषय विराटनगरमा सम्पन्न सुरक्षा गोष्ठीमा समेत जोडतोडका साथ उठेको र प्रमुख जिल्ला अधिकारी,सुरक्षा प्रमुखहरुलाई यो बिषयमा एक्सन लिन निर्दैशन दिइएको छ । कामदारका रुपमा नेपाली नागरिकलाई विदेश पठाउने अधिकार स्थानीय तहसँग छैन तर मौसमी कामदारका नाममा अहिले केही जनप्रतिनिधिहरुले नै खुलेआम मानवतस्करी धन्दा चलिरहेको छ ।

बिज्ञापन

जस्तो इलामको चुलाचुली गाउँपालिकाको प्रमुख राजेन्द्र केरुङ्गको नाम लिएर केही विचौलियाले युवाहरुसँग दशौं लाखका दरले रकम उठाएको उजुरी जिल्ला प्रशासनदेखि प्रहरीसम्म पुगेको छ ।
प्रमुख जिल्ला अधिकारीको रुपमा कल्पना श्रेष्ठ,अस्तिमात्र हाजिर भएकी हुन । लामो समय श्रममै बसेका,यस अघि मोरङ्गका सहायक सिडियो चलाउँदा समेत वैदेशिक रोजगारीमा ठगिएका पीडितहरुको करोडौ उठाएर उदाहरणीय काम गरेका सहायक सिडियो महेशराज तिमिल्सिनाले त्यो प्रकरण महिन रुपमा केलाइरहेका छन् । त्यहाँ कोरियाकै नाममा भइरहेको अर्काे डरलाग्दो ठगी देखे र कारवाही प्रक्रिया अगाडि बढाएका छन् ।झापा पुर्ख्यौली घर भइ अहिले इलाममा बस्दै आएका सुरेन्द्र राई आफैं कोरिया भाषा प्रशिक्षक,उनले पाँच सयभन्दा बढी सोझा सिधा युवा युवतीलाई मौसमी कामदारका रुपमा कोरिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति एक किस्ता ९० हजार १ सय, अर्को किस्ता २५ हजार गरी १ लाख १५ हजार उठाएको भेटिएको छ ।

बिज्ञापन

मौसमी कामदारका रुपमा कोरिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति एक किस्ता ९० हजार १ सय, अर्काे किस्ता २५ हजार गरी १ लाख १५ हजार उठाएको र कोरिया पठाउन नसकेको देखिएपछि सिडियो कार्यालयको एक्सन पछि ४० जनाको पैसा फिर्ता गरेको र बाँकीको रकम २१ दिन भित्र फिर्ता गर्ने कागजात गरेर छोडिएको छ । उनीविरुद्ध यस अघि नै यस्तै ठगीको उजुरी उपर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मौसमी कामदार पठाउने भन्दै सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिका, एैँसेलुखर्क गाउँपालिका, बैतडीको पाटन नगरपालिका, ओखलढुंगाको मोलुङ गाउँपालिकाका युवाहरुलाई विचौलियाहरुले मौसमी कामदारका नाममा १२ लाखदेखि २० लाखसम्म असुलेको र यसरी ठगिएकाहरुको संख्या ३ सय ५० भन्दा बढी रहेको अनुमान गरिएको छ । कोरियाले नेपालबाट श्रमिक लैजाने भनेको इपिएस प्रणाली अन्र्तगत मात्र हो ।

बिज्ञापन

तर यस अघि कोरिया बसेर आएका,पर्यटन व्यवसायी र केही कन्सलटेन्सीहरुको मिलेमतोमा कोरियाको कुनै निजी कम्पनीसँग कामदार पठाउने समझदारी पत्रमा हस्ताक्षर गरेर बिचौलियामार्फत रकम उठाउने धन्दा चलाइरहेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । परीक्षालगायत प्रक्रिया पूरा गरेर मात्र सिजनल कामदार छनोट हुनेमा गिरोहले खाडीमा कामदार गएजस्तो गरी जान पाइने भ्रम छरेर पूर्वी नेपालको झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा यस्तो धन्दा चलाइरहेका छन् । जबकी कोरिया इपियसबाहेक अरु प्रणालीबाट जान पाइदैन । दुवईजस्तो भिजिट भिसाको नाममा जान मिल्ने पनि होइन । इण्डियाको एयरपोर्ट प्रयोग गरेर जानका लागि समेत नो अब्जेक्सन लेटर चाहिन्छ । श्रमका लागि चोरबाटोबाट जान मिल्ने ठाउँ छैन तर विचौलियाहरु धमाधम रकम उठाइरहेका छन् । मौसमी कामदार व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन प्रक्रिया अलपत्र छ । अहिले मन्त्री डोलप्रसाद अर्याल र सचिव घनश्याम उपाध्याय नै जेनेभामा पुगेर फर्किएका छन् ।

मन्त्रालयले मौसमी कामदार व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

बिशेष