परीक्षा नै नलिई लाइसेन्स दिने थप पाँच कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालिन प्रमुख उपसचिव केशब अर्याल, कम्प्युटर अधिकृत पदमराज आचार्य, शाखा अधिकृत सुवास पौडेल, कम्प्युटर सहायक राजेश लम्साल र दिलिप कुमार शाहलाई पक्राउ गरेको हो ।
बिज्ञापन
उनीहरुले लाइसेन्सको प्रणालीमा चलखेल गरी हजारौं अवैध लाइसेन्सहरु जारी गरेको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।
यसअघि पनि सिआइबीले यस प्रकरणमा कर्मचारीलाई पक्राउ गरी दुई वटा मुद्दा चलाइसकेको छ । यस प्रकरणमा यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरु समेत छानविनमा छन् ।