संघीय निजामती सेवा विद्येयक उपर आजदेखि दफादार छलफल

सङ्घीय निजामती सेवा विधेयक २०८० उपर आजदेखि दफादार छलफल हुने भएको छ ।  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे बस्ने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

बिज्ञापन
सदनबाट छलफलका लागि राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको तीन साता पछि उक्त विद्येयक उपर दफादार छलफल चल्न लागेको हो । गत १५ जेठमा बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको उक्त विद्येयक संसदबाट ससंदीय समितिमा पुगेको तीन साता पछि आजदेसख दफादार छलफल हुन लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूले समितिलाई कुनै पनि राजनीतिक दलको छायाँ पर्न नदिने र विद्येयक गोलमटोल ढंगले नल्याउने उद्घोष गरिसकेका छन् ।

बिज्ञापन

सभापति खतिवडाले आजदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि दफादार छलफल अगाडि बढाउने जनाएका हुन ।

संघीय निजामती सेवा विद्येयकमा एक हजार ५८३ वटा संशोधन परेको बताइएको छ । गत २१ फागुन २०८० मा दर्ता भएको विधेयकमाथि २१ चैतमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि समय खुला भएको थियो । सांसदहरुले सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गरेका थिए । संसद सचिवालयको विधेयक शाखाले सांसदहरुबाट प्राप्त संशोधन प्रस्तावहरुलाई एकीकृत गर्ने काम पूरा गरेको छ । १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेको थिएन । संशोधन प्रस्तावमध्ये १२२ वटा प्रस्ताव सांसदहरु आफैं उपस्थित भएर दर्ता गराएका हुन भने बाँकी इमेलबाट पठाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

‘कुलिङ पिरियड’ निजामती विधेयकमा होइन, समग्र सेवा कानुनमै राख्नुपर्छ : मैनाली

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

बिशेष