बृद्ध भत्ता झ्वाम पार्नेहरुविरुद्ध भ्रष्टाचार मुद्धा

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइंटेल भ्रष्टाचारमा तानिएका छन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम अपचलन गरेको अभियोगमा उनीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

मुद्दा चलाइएकाहरुमा तत्कालिन वडा सचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालिन प्रशासकीय अधिकृत सुनिल पौडेल, नायब सुब्बा रमेश कोइराला, वडा नम्बर ६, निवासी मेगदिप पोखरेल, तारादेवी पोखरेल र भक्तकुमारी लुईटेल छन् ।

बिज्ञापन

अख्तियारका अनुसार उनीहरुले आपसी मिलेमत्तोमा बृद्ध भत्ता प्राप्त गर्न योग्य नरहेका व्यक्तिलाई समेत लाभग्राहीको सूचीमा राखेर अनियमितता गरेको खुलेको छ । त्यसनिम्ति नागरिकतामा भएको साविकको जन्ममिति फेरबदल गरी गलत लिखत तयार पारेको समेत अनुसन्धानबाट पत्ता लागेको छ ।

अख्तियारले दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरअनुसार फरक(फरक बिगो मागदाबी गरिएको छ । जसअनुसार वडाध्यक्ष लुइटेलविरुद्ध एक लाख ६० हजार, वडा सचिव कल्पना बास्कोटासहित स्थानीय मेगदिप पोखरेल र तारादेवी पोखरेलउपर एक लाख ४४ हजार र भक्तकुमारी लुईटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

बिज्ञापन

त्यस्तै, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालिन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालालाई भने गलत लिखतसम्बन्धी कसुरमा कैद र जरिवानाको सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

बिशेष