अर्काे प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पनि भ्रष्टाचार मुद्धा,११ महिनामै २९ हाकिम निलम्बित

पछिल्लो समय एक पछाडि अर्काे स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु भ्रष्टाचार मुद्धामा तानिरहेका छन् । यही आर्थिक बर्षमा मात्र ४५ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा चलेको छ ।
तिनै प्रमुख प्रशासकीय अधिकृतको भीडमा अर्काे शाखा अधिकृत पनि थपिएका छन् । अख्तियारले मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्धा चलाएको हो ।
अख्तियारका अनुसार,लोथर हाङ्गलाङ्ग फरिवाङ्ग पाङ्गथली सडक स्तरोन्नतिका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले चौलागाईं, तत्कालीन इन्जिनियर अमितकुमार ठाकुर र ​प्रतीक्षा निर्माण सेवाका निर्माण व्यवसायी बुद्धिराज कँडेलविरुद्ध ३ लाख ९१ हजार ९२९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सडक स्तरोन्नति कार्यमा अनियमितता भएको उजुरी आयोगमा अनुसन्धान गर्दा योजनाको यथार्थभन्दा बढी मूल्याङ्कन गरेको, निर्धारित सर्त तथा मापदण्ड पालना नगरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
चालु आर्थिक बर्षमा मात्र अख्तियारले विभिन्न पालिकाको ४५ प्रमुख प्रशासकीयविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको १७ जनाले सफाइ पाएका छन् २८ निलम्बनमा परेका छन् । त्यही भीडमा शाखा अधिकृत चौलागाई पनि थपिएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष