अर्काे प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पनि भ्रष्टाचार मुद्धा,११ महिनामै २९ हाकिम निलम्बित

पछिल्लो समय एक पछाडि अर्काे स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु भ्रष्टाचार मुद्धामा तानिरहेका छन् । यही आर्थिक बर्षमा मात्र ४५ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा चलेको छ ।
तिनै प्रमुख प्रशासकीय अधिकृतको भीडमा अर्काे शाखा अधिकृत पनि थपिएका छन् । अख्तियारले मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्धा चलाएको हो ।
अख्तियारका अनुसार,लोथर हाङ्गलाङ्ग फरिवाङ्ग पाङ्गथली सडक स्तरोन्नतिका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले चौलागाईं, तत्कालीन इन्जिनियर अमितकुमार ठाकुर र ​प्रतीक्षा निर्माण सेवाका निर्माण व्यवसायी बुद्धिराज कँडेलविरुद्ध ३ लाख ९१ हजार ९२९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सडक स्तरोन्नति कार्यमा अनियमितता भएको उजुरी आयोगमा अनुसन्धान गर्दा योजनाको यथार्थभन्दा बढी मूल्याङ्कन गरेको, निर्धारित सर्त तथा मापदण्ड पालना नगरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
चालु आर्थिक बर्षमा मात्र अख्तियारले विभिन्न पालिकाको ४५ प्रमुख प्रशासकीयविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको १७ जनाले सफाइ पाएका छन् २८ निलम्बनमा परेका छन् । त्यही भीडमा शाखा अधिकृत चौलागाई पनि थपिएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

बिशेष