संघीय संसद सेवाका कर्मचारीहरु आज पनि आन्दोलित

संघीय संसद सचिवालयका कर्मचारीहरु आज पनि आन्दोलित भएका छन् । हिजोदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका उनीहरु आज पनि आन्दोलनमा उत्रिएका हुन ।

बिज्ञापन

कार्यालय समय अघि वा पछि कामको प्रोत्साहन भत्ता खोज्दै संघीय संसद सेवाका कर्मचारीहरु हिजोबाट आन्दोलित भएका छन् । संविधानसभा अवधिभर ८० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउँदै आएको कर्मचारीहरुले कोभिड पछि सुख्खा तलबका भरमा काम गर्न विवश रहेको उनीहरुको गुनासो छ ।

बिज्ञापन

संसदीय समितिका बैठकहरु बिहान कार्यालय समय भन्दा अगाडि शुरु हुने अनि कुनै कुनै बैठकहरु साँझ कार्यालय समयभन्दा धेरै लामो समयसम्म चल्दै आएको छ । हाउस पनि कहिलेकाहीँ राती अवेरसम्म चल्ने गर्दछ । सांसदहरुले हाउस चलेका दिन यातायात भत्ताकै शीर्षकमा २ हजार बुझ्छन तर कर्मचारीहरु चिल्लाराम । उनीहरुले सुख्खा तलबका भरमा राज्यको सेवा गर्न विवश रहेको उनीहरुको गुनासो छ ।

बिज्ञापन

संघीय संसद सेवाका ४३५ कर्मचारीले भोगिरहेको यो भुक्तमान सम्म्बोधन गरिदिनका लागि तीन तीन पटकसम्म सभामुखदेखि यससँग सरोकार राख्ने निकायको ढोका ढकढकाए संघीय संसद सेवाका कर्मचारीको पीडा एक कानले सुने र अर्को कानले उडाइदिए । तीन -तीन पटकको लिखित माग,एक साता दिनको अल्टिमेटम समेत सरकारले नसुने पछि संघीय संसद सेवाका कर्मचारीहरु वाध्य भएर विरोध प्रर्दशनमा उत्रिएका हुन।

उनीहरुले ११ बुँदे माग राख्दै हिजोदेखि संसद सचिवालयको चौरमा भेला भएर विरोध प्रर्दशन गर्दै आएका हुन ।त्यस्तै, २ गतेसम्म पहिलो चरणको आन्दोलन गर्ने,त्यससमयमा पनि माग सम्बोधन नभए संघीय संसद कर्मचारी युनियनका अध्यक्ष गोपाल बेल्बासेले कर्मचारी प्रेससँग जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

बिशेष