८ सहसचिव,५२ उपसचिव,९१ शाखा अधिकृतको एकै पटक सरुवा

न्याय सेवा आयोगले एकै पटक १५१ कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायाधिवक्ता रामकुमार थापालाई महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा सरुवा गरेको छ । त्यस्तै वीरगञ्जको उच्च सरकारी वकिल कार्यालयमा राजविराजका उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनीलाई सरुवा गरेको छ ।

बिज्ञापन

 

सहन्यायाधिवक्ताहरु महान्यायाधिवक्ता कार्यालयका हरिप्रसाद रेग्मी र विशेष सरकारी वकिल कार्यालयका ज्ञानप्रसाद भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।

बिज्ञापन

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता मोहनसागर बस्याल विशेष सरकारी वकिल कार्यालयमा, उच्च सरकारी वकिल कार्यालय जुम्लाका सहन्यायाधिवक्ता कृष्णराज पन्त महान्यायाधिवक्ता कार्यालयमा सरुवा भएका छन् ।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष