प्रोत्साहन भत्ता खोज्दै संसदका २२८ कर्मचारी कालोपट्टी बाँधेर कार्यालयको प्रांगणमा

कार्यालय समय अघि वा पछि कामको प्रोत्साहन भत्ता खोज्दै संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलित भएका छन् । संविधानसभा अवधिभर ८० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउँदै आएको कर्मचारीहरुले कोभिड पछि सुख्खा तलबका भरमा काम गर्न विवश छन् ।

बिज्ञापन

समितिका बैठकहरु बिहान कार्यालय समय भन्दा अगाडि शुरु हुन्छन्,अनि कुनै कुनै बैठकहरु साँझ कार्यालय समयभन्दा धेरै लामो समयसम्म चल्दछ । हाउस पनि कहिलेकाहीँ राती अवेरसम्म चल्ने गर्दछ । सांसदहरुले हाउस चलेका दिन यातायात भत्ताकै शीर्षकमा २ हजार बुझ्छन तर कर्मचारीहरु चिल्लाराम । उनीहरुले सुख्खा तलबका भरमा राज्यको सेवा गर्न विवश छन् ।

बिज्ञापन

संघीय संसद सेवाका ४३५ कर्मचारीले भोगिरहेको यो भुक्तमान सम्म्बोधन गरिदिनका लागि तीन तीन पटकसम्म सभामुखदेखि यससँग सरोकार राख्ने निकायको ढोका ढकढकाए संघीय संसद सेवाका कर्मचारीको पीडा एक कानले सुने र अर्काे कानले उडाइदिए । तीन- तीन पटकको लिखित माग,एक साता दिनको अल्टिमेटम समेत सरकारले नसुने पछि संघीय संसद सेवाका कर्मचारीहरु वाध्य भएर विरोध प्रर्दशनमा उत्रिएका छन् । कटौतीमा परेको प्रोत्साहन भत्ता पाउनुपर्ने माग राख्दै आज संसद सचिवालयको चौरमा भेला भएर विरोध गरेका हुन । कर्मचारीहरु प्रोत्साहन भत्ताको माग गर्दै  उनीहरुले आज बिहान सचिवालयको चौरमा प्रदर्शन गरेका हुन् ।आजको विरोध प्रर्दशनीमा सहसचिव,उपसचिवसहति २२८ कर्मचारीको उपस्थिती रहेको संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले जनाएका छन् ।

त्यस्तै, भोलि पनि आन्दोलनलाई निरन्तरता दिने उनीहरुको चेतावनी छ । संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेको नेतृत्वमा भएको विरोध प्रदर्शनमा उपाध्यक्ष प्रमिला पौडेल गौतम, सचिव सरस्वती रिजाल, कोषाध्यक्ष रामकृष्ण भेटवाललगायत २२८ को उपस्थिति थियो ।

बिज्ञापन

असार २ गतेसम्म आफ्नो माग सम्बोधन नभए दोश्रो चरणको आन्दोलन गरिने बेल्बासेले कर्मचारी प्रेससँग जनाएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक दर्जन नयाँ प्रावधानसहित निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

स्थानीय तहमा समायोजन भएको कर्मचारी ६ बर्षदेखि अख्तियारमा काजमा कार्यरत

अख्तियारमा कार्यरत कर्मचारीको तलब रोक्ने मेयरको चेतावनी

यी व्यवस्था सहित राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

स्वार्थ समूहका कारण गिजोलिदैं निजामती विद्येयक

५ लाख ७० हजार घुससहित इञ्जिनियर रंगेहात पक्राउ

३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

५४ शाखा अधिकृतको सरुवा :-गृहमा १२ को ‘इन्ट्री’ हुँदा ४ बाहिरिए

बिशेष