आर्थिक बर्षको अन्त्यमा एकै पटक खरिदारदेखि उपसचिवसम्मका ५३ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको काम धमाधम गरिरहेको छ ।

बिज्ञापन

मन्त्रालयले आजैमात्र १७ उपसचिव,१३ अधिकृत,नासु र खरिदार स्तरका २३ गरी ५३ जना कर्मचारीहरुको सरुवा गरेको हो । सामान्य प्रशासनले शिक्षा सेवा समूह,प्राविधिक र प्रशासन सेवा समूहका १७ उपसचिवहरु चलाएको छ । जसमा मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई जिम्मेवारी दिएर खटाएको हो । मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगमा र सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएर खटाइएको छ । मन्त्रालयकै अतिरिक्त समूहमा रहेर कामकाजका लागि लुम्बिनी प्रदेश पुगेका तारा ज्ञवाली मन्त्रालयमै फिर्ता भएका छन् ।यस्तै पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, लिलाधर अवस्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी पाएका छन् । अतिरिक्त समूहमा रहेका राजु खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मै फिर्ता भएका छन् । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ६ उपसचिवहरुलाई जिम्मेवारी दिएर खटाउँदा एक उपसचिवलाई प्रदेशबाट मन्त्रालयको अतिरिक्त समूहमा थन्काएको छ ।

बिज्ञापन

सरुवाका सूची अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव टेक बहादुर अर्याललाई अर्थ मन्त्रालयमा पुग्दा सामान्यबाट वैकुण्ठ प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका राम कृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । यस्तै रक्षा मन्त्रालयबाट कविता निरौला ढुंगेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयबाट दिपक ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतबाट मनोज रेग्मी पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

केही महिना अगाडि मात्र शिक्षा विकास तथा समन्वय इकाई, इलाम पुगेका तारानाथ निरौलालाई भाषा आयोगमा ल्याइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव धर्मेन्द्र कुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै फर्किएका छन् । यस्तै जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकर प्रसाद पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

बिज्ञापन

यस्तै मन्त्रालयले १३ जना शाखा अधिकृतहरु यता उता पारेको छ । जसमा गृहका शाखा अधिकृत विष्णुहरि तिमल्सिना गृहबाट बाहिरिएर निजामती कर्मचारी अस्पतालमा पुगेका छन् । गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत हरि प्रसाद चपाइलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेका छन् । मन्त्रालयले काज सरुवा नभनीकन अधिकांश कर्मचारीको खटन पटन गरेको छ । जबकि निजामती सेवा ऐनमा कामकाजी सरुवाको मापदण्ड उल्लेख छैन । ऐनमा सरुवा, पदस्थापन र काज सरुवामात्रै उल्लेख छ ।

अहिले सबैजसो मन्त्रालयमा काज सरुवाको अवस्था भद्रगोल छ । सामान्यकै अतिरिक्त समूहमा दरबन्दी रही कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सुदूरपश्चिम प्रदेशका इन्जिनियर करण सिंह बडाललाई शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर कृष्ण थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गतमा र शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर नारायण ओलीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९अतिरिक्त समूह०मा तानेर कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा पठाइएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराका शाखा अधिकृत खेमराज मरासिनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत शीतल बहादुर रावललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत दीपक रिजाललाई सङ्घीय मामिला तथा सामान्य (अतिरिक्त समूह) मा दरबन्दी राखी काजमा विज्ञापन बोर्डमा, सङ्घीय मामिला तथा सामान्य (अतिरिक्त समूह)का शाखा अधिकृत मनिक मान महर्जनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत नमोनाथ प्रसाद यादवलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा र सङ्घीय मामिला तथा सामान्य मन्त्रालय (अतिरिक्त समूह)का शाखा अधिकृत बाबुराम पाण्डेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा दरबन्दी राखेर काजमा विज्ञापन बोर्डमा खटाइएको छ ।

यस्तै खानेपानी मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर राजेन्द्र कुमार ठकुरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर सन्तोष मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ ।

सरुवाको सूची अनुसार,नायब सुब्बा तहका कर्मचारीहरु नारायण कुमार कार्कीलाई अर्थ,मालपोत कार्यालय हेटौडा मकवानपुरमा कार्यरत केदार प्रसाद मैनालीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको छ भने जिल्ला प्रशासन कार्यालय, कैलालीमा कार्यरत डम्बर सिंह खड्कालाई वन तथा वातावरण मन्त्रालयमा आइपुगेका छन् । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाई परियोजना, कैलालीमा काम गरिरहेका कुश बहादुर थापालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आउँदा अध्यागमन कार्यालय, सिन्धुपाल्चोकबाट दिनेश बराइलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ । हुलाक निर्देशनालय, विराटनगरमा कार्यरत प्रज्वल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय वा अन्तर्गतमा, पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयबाट राम प्रसाद आचार्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतमा र जिल्ला समन्वय समिति, मुस्ताङका सव इन्जिनियर होम बहादुर नेपालीलाई शहरी विकास मन्त्रालयमा आइपुगेका छन् । राष्ट्रिय पशु प्रजनन कार्यालय कास्कीका पशु सेवा प्राविधिक मनि कुमार राईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा काजमा तानिदा कम्प्युटर अपरेटरका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ज्ञानु थापा निरौला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कम्प्युटर अपरेटर अखिलेश प्रसाद यादवलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । यस्तै राजश्व अनुसन्धान विभाग, ललितपुरका कम्प्युटर अपरेटर सुवास खरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत, राजश्व अनुसन्धान विभाग, ललितपुरका राम प्रसाद घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,यातायात व्यवस्था विभाग, कमल विष्टलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उच्च अदालत विराटनगरकी कविता बराललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भित्र्याईएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, कैलालीका कम्प्युटर अपरेटर सुशान्त बहादुर भण्डारीलाई अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समूह)का नायव सुब्बा राम राज न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, सप्तकोसी उच्च बाध आयोजना कार्यालय, विराटनगरकी नायव सुब्बा शोमिता पराजुली (दाहाल) जिल्ला समन्वय समिति मोरङमा र तथ्याङ्क कार्यालय, सुनसरीका खरिदार भानुभक्त भट्टराईलाई गृह मन्त्रालयमा तानिएको छ ।

यस्तै जिल्ला हुलाक कार्यालय सिन्धुलीका खरिदार सञ्जय पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, जिल्ला हुलाक कार्यालय, रामेछापबाट भुप बहादुर सोतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूहमा दरबन्दी भई कामकाज निजामती अस्पतालमा गरिरहेका नायव सुब्बा देवराज गिरीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा दरबन्दी भई कामकाज निजामती अस्पतालका नायव सुब्बा गणेश कुमार ढकाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतमा सरुवा गरिएको छ ।

ऐनको व्यवस्थामा टेकेर निजामती सेवा नियमावलीले सरुवाको समयतालिका र आधार तोकेको छ । जसअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनाभित्र, मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले १ देखि १५ असोजभित्र र क्षेत्रीयस्तरका निकायहरूले प्रत्येक वर्षको १६ असोजदेखि मसान्तभित्र सरुवा गरिसक्नुपर्ने समयतालिका तोकिएको छ । तर, कुनै कार्यालयमा रिक्त हुन गएको पदमा तोकिएको समयतालिकाबाहेकको समयमा सरुवा गर्नुपरेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर सरुवा गर्न सकिने व्यवस्था नियमावलीमा छ ।तर सामान्य प्रशासनमा १२ महिना सरुवाको खेती चलिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।