निजामती विद्येयक उपर असार २ गतेदेखि दफादार छलफल,हतारमा नल्याउने सभापतिको उद्घोष

 

बिज्ञापन

सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको तीन साता पछि उक्त विद्येयक उपर दफादार छलफल चल्ने भएको छ ।  गत १५ जेठमा बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बिज्ञापन

सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको उक्त विद्येयक संसदबाट ससंदीय समितिमा पुगेको तीन साता पछिमात्र दफादार छलफल हुन लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूले समितिलाई कुनै पनि राजनीतिक दलको छायाँ पर्न नदिने र विद्येयक गोलमटोल ढंगले नल्याउने उद्घोष गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आउँदो असार २ गतेदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि छलफल अगाडि बढाउने जनाएका हुन । खतिवडाले अहिले बोल्ने भन्दा पनि गर्ने बेला भएको भन्दै उनले समितिलाई कुनैपनि राजनीतिक दलको छाँया पर्न नदिने उनको भनाई छ । खतिवडाले निजामती सेवा विधेयकलाई गोलमटोल गरेर हतारमा ल्याउने पक्षमा आफू नरहेको भन्दै उनले यस विधेयकलाई सबैको विधेयकका रुपमा स्थापित गर्ने दाबी गरे ।

बिज्ञापन

संघीय निजामती सेवा विद्येयकमा  एक हजार ५८३ वटा संशोधन परेको बताइएको छ । गत २१ फागुन २०८० मा दर्ता भएको विधेयकमाथि २१ चैतमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि समय खुला भएको थियो । सांसदहरुले सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गरेका थिए । संसद सचिवालयको विधेयक शाखाले सांसदहरुबाट प्राप्त संशोधन प्रस्तावहरुलाई एकीकृत गर्ने काम पूरा गरेको छ । १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेको थिएन । संशोधन प्रस्तावमध्ये १२२ वटा प्रस्ताव सांसदहरु आफैं उपस्थित भएर दर्ता गराएका हुन भने बाँकी इमेलबाट पठाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक दर्जन नयाँ प्रावधानसहित निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

स्थानीय तहमा समायोजन भएको कर्मचारी ६ बर्षदेखि अख्तियारमा काजमा कार्यरत

अख्तियारमा कार्यरत कर्मचारीको तलब रोक्ने मेयरको चेतावनी

यी व्यवस्था सहित राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

स्वार्थ समूहका कारण गिजोलिदैं निजामती विद्येयक

५ लाख ७० हजार घुससहित इञ्जिनियर रंगेहात पक्राउ

३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

५४ शाखा अधिकृतको सरुवा :-गृहमा १२ को ‘इन्ट्री’ हुँदा ४ बाहिरिए

बिशेष