सरकारको नुन खाएर विदेशी नागरिकता र पीआर लिने को–को हुन् ?

नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशी नागरिकता लिएका कर्मचारीबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।
विदेशी नागरिकता लिएका कर्मचारीलाई कारबाही गर्न भनेर अख्तियारले पत्र लेखे पनि प्रधानमन्त्री कार्यालयले एक्सन नलिएको उनले आरोप लगाए ।

बिज्ञापन

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद पन्तले अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै प्रश्न उठाएका हुन ।

बिज्ञापन

‘पीआर भएका कर्मचारी ब्युरोक्र्याट्सहरुको दोहोरो नागरिकता छ छैन ? छानबिन गर्न भनेर अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे । बल्लबल्ल त्यो फेला त परेको छ रे । फेला परेर पनि कारबाहीका लागि लेखिएको भनेर समाचारहरूमा पढ्न पाइएको छ । नेपाल सरकारको नुन खाँदा खाँदै विदेशी नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरू को–को रहेछन् । हामीले चिन्न पाउनुपर्‍यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष