संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ उपसचिवहरुको सरुवा गरेको छ । सरुवामा परेकामध्ये शिक्षा सेवा समूह,प्राविधिक र प्रशासन सेवा समूहका रहेका छन् ।
मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई जिम्मेवारी दिएर खटाएको हो । मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगमा र सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएर खटाइएको छ । मन्त्रालयकै अतिरिक्त समूहमा रहेर कामकाजका लागि लुम्बिनी प्रदेश पुगेका तारा ज्ञवाली मन्त्रालयमै फिर्ता भएका छन् ।यस्तै पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, लिलाधर अवस्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी पाएका छन् । अतिरिक्त समूहमा रहेका राजु खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मै फिर्ता भएका छन् । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ६ उपसचिवहरुलाई जिम्मेवारी दिएर खटाउँदा एक उपसचिवलाई प्रदेशबाट मन्त्रालयको अतिरिक्त समूहमा थन्काएको छ ।
बिज्ञापन
सरुवाका सूची अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव टेक बहादुर अर्याललाई अर्थ मन्त्रालयमा पुग्दा सामान्यबाट वैकुण्ठ प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका राम कृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । यस्तै रक्षा मन्त्रालयबाट कविता निरौला ढुंगेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयबाट दिपक ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतबाट मनोज रेग्मी पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।
बिज्ञापन
केही महिना अगाडि मात्र शिक्षा विकास तथा समन्वय इकाई, इलाम पुगेका तारानाथ निरौलालाई भाषा आयोगमा ल्याइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव धर्मेन्द्र कुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै फर्किएका छन् । यस्तै जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकर प्रसाद पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।
























