उपसचिव भ्रष्टचारी ठहर,तीन महिना कैद

यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

बिज्ञापन

न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।​ साथै उनले १४ लाख ७४ हजार १६९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको विशेषको ठहर छ ।अख्तियारले जागिरे जीवन अवधिमा भट्टराईले आर्जन गरेको १ करोड १५ लाखको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेकोमा १३ महिना पछि विशेष अदालतले उनलाई तीन महिना कैद र १४ लाख ७४ हजार रुपैयाँ सजाय सुनाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जागिरे जीवन अवधिमा भट्टराईले १ करोड १५ लाख अकुत आर्जन गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको थियो । यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कार्यालय सुकेधाराका हाकिम रहेको समयमा उनीविरुद्ध गत बर्ष ८० वैशाख १९मा मुद्धा चलाएको थियो । विशेष अदालतले उनलाई तीन महिना कैद र १४ लाख ७४ हजार रुपैयाँ सजाय सुनाएको हो ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव भट्टराई २०३८ साल साउन १ गते निजामती सेवामा प्रवेश गरेका थिए । उनीमाथि उजुरी परेपछि अख्तियारले २०७५ मंसिर मसान्तसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ सम्पत्ति स्रोत नखुलेको भेटिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई र छोरी प्रेरिका भट्टराईको नाममा राखेको, आमा इन्दिरा भट्टराईको नाममा पनि सम्पत्ति राखिएको देखिएकाले अख्तियारले उक्त रकम जफत गर्न मागदाबी गरेको थियो ।

बिज्ञापन

उनीहरुको सम्पत्ति समेत जफत हुने भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष