भ्रष्टाचार मुद्धामा ७ अधिकृतहरु दोषी ठहर

विशेष अदालतले एउटा मुद्धामा तत्कालीन ७ जना अधिकृतहरुलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत हरिनारायाण मिश्रसहित भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, कमोद तिवारी, स्वर्गीय किरणप्रसाद उपाध्यायलाई दोषी ठहर गरेको हो ।

बिज्ञापन

कार्यालयमा उठेको राजश्व हिनामिना गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।अख्तियारले आर्थिक वर्ष २०७१/ ७२मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्‍न लिखतबाट उठेको राजश्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले गत २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा विशेष अदालतले अन्तिम निर्णय सुनाउँदै तत्कालीन ७ अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको हो ।

बिज्ञापन

अख्तियारले मालपोत कार्यालय पर्साको ‘ग’ फाँटबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको भन्‍दै पर्साको तत्कालिन मालपोत अधिकृत हरिनारायण मिश्रसँग २ करोड ९ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो माग दाबी गरेको थियो । अख्तियारले तत्कालीन मालपोत अधिकृत भूपबहादुर बोगटीसँग १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ, गोपालबहादुर ढुंगानासँग ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसाद अर्यालसँग १६ लाख ८१ हजार ६०० रुपैयाँ, चन्द्रबहादुर भण्डरीसँग २ लाख ४४ हजार ४६२ रुपैयाँ,तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीसँग अख्तियारले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ,तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्यायसँग ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ विगो माग दाबी लिएको थियो ।

भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निधन भइसकेको छ । उनलाई विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ ।उपाध्यायको यो बिगो अब विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नुपर्ने फैसला पनि विशेषले सुनाएको छ ।

बिज्ञापन

उता मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ । त्यस्तै ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ ।

अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने भएको छ । विशेषले मिश्र, बोगटी, ढुंगाना, अर्याल र तिवारीको हकमा सजाय निर्धारणका लागि असार ५ गते पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय तहमा समायोजन भएको कर्मचारी ६ बर्षदेखि अख्तियारमा काजमा कार्यरत

अख्तियारमा कार्यरत कर्मचारीको तलब रोक्ने मेयरको चेतावनी

यी व्यवस्था सहित राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

स्वार्थ समूहका कारण गिजोलिदैं निजामती विद्येयक

५ लाख ७० हजार घुससहित इञ्जिनियर रंगेहात पक्राउ

३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

५४ शाखा अधिकृतको सरुवा :-गृहमा १२ को ‘इन्ट्री’ हुँदा ४ बाहिरिए

टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका यी ‘हाइप्रोफाइल’ले कसरी पाए सफाइ ?

बिशेष