७७३ कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति (नामावलीसहित)

सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ७७३ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ ।

बिज्ञापन

मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत चैत्र १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रक्रिया पूरा गरेर आवेदन दिएकाम ७९३ जनालाई आर्थिक वर्ष ८०/ ८१ को स्वीकृत कार्यक्रमअनुसार, शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन प्रारम्भिक नतिजा सार्वजनिक गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको सचिवालयले जनाएको छ । मन्त्रालयले गत वैशाख १५ गते निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको थियो। मन्त्रालयले कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । प्रक्रियामा सामेल भएर छनोटमा चित्त नबुझेका तथा गलत विवरण पेश गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन भने आह्वान गरिएको छ ।

१५ दिनभित्र आधार र कारणसहित परेका उजुरीउपर छानबिन गरेर कसैले त्रुटि गरेको भेटिएमा कारबाही गर्ने सचिवालयले जनाएको छ ।

बिज्ञापन

कसले कति छात्रवृत्ति पाउँछन् ?
२० लाखभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख
१५ देखि २० लाखसम्म शिक्षण शुल्क लाग्ने भए ४ लाख
१० भन्दाबढी १५ लाखसम्म शिक्षण शुल्क लाग्ने भए ३ लाख
५ भन्दाबढी १० लाखसम्म शुल्क लाग्ने भए २ लाख
१ लाखभन्दा बढी ५ लाखसम्म लाग्ने भए १ लाख
१ लाख रुपैयाँभन्दा कम लाग्ने भए शतप्रतिशत छात्रवृत्ति

नामावली

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष