उत्तरी छिमेकी मुलुकसँग सीमाना जोडिएको जिल्ला रसुवाको एक पालिकाका अध्यक्ष तथा नेकपा एमाले रसुवाका उपाध्यक्षका गतिविधि शंकास्पद् देखिएको छ ।चीन विरोधी गतिविधि गरिरहेका धार्मिक नेता दलाई लामाको शरणमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ पुगेसँगै अहिले उनका गतिविधिको आलोचना हुन थालेको हो ।
बिज्ञापन
तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ हालै भेटघाट गरेका हुन ।
बिज्ञापन
सामाजिक सञ्जालमार्फत तस्बिरहरू सेयर गर्दै उनले भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन् । फेसबुकमा लेखेका छन्, ‘लामो पर्खाइपश्चात् आदरणीय दलाई लामाको दर्शन गर्ने मौका प्राप्त भो, त्यसका लागि म्याकलोडगञ्ज धर्मशालाका सम्पूर्ण लामा गुरुज्यूहरू र गुरुको टिममा रहनुहुने विशेष व्यक्तिहरू, साथै समय मिलाइदिनुहुने मेरो आदरणीय आफन्तजनलाई धेरै धेरै धन्यवाद ।’
लामासँगको भेटघाटबारे सोध्दा आक्रोशित हुँदै फोन काटे । भने, ‘यो मेरो पर्सनल कुरा हो । तपाईंलाई किन भनिरहनुप¥यो ?’ गत स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनी २ हजार ५ सय ६३ मतसहित विजयी भएका थिए । स्थानीय तहका जनप्रतिनिधिको विवादास्पद धर्मगुरुसँग उठबस रहेको देखिएपछि चर्को आलोचना भइरहेको छ । यस अघि रसुवा जिल्ला एमालेका उपसचिव रहेका उनी अहिले रसुवा एमालेको उपाध्यक्षको भूमिकामा छन् ।
बिज्ञापन