किन रसातालमा भासिँदैछ निजामती प्रशासन ?

निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने,ऐन,कानुन मिचेर लामो हात गरी कुस्त कमाइहाल्नुपर्ने,मन्त्री देखि जनप्रतिनिधिहरुका एसम्यान बन्नु पर्ने र सात पुस्ताले पुग्ने गरी धन थुपारीहाल्नु पर्ने रोगका कारण निजामती प्रशासन बदनाम खेप्दैछ ।

बिज्ञापन

जस्तो :- सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव जैसी अनि अर्काे विश्वराज मरासिनी । यी दुबै स्थानीय तहका ’डन’ कर्मचारी थिए कुनै समय । रोचक चाँहि,यी दुईमध्ये एक कृष्णराज जैसी त दुई बर्ष अगाडि डेढ लाख घुस रकमसहित पक्राउ परे । विशेष अदालतमा च्यानल मिलाएर एक बर्ष अगाडि निर्दाेष ठहर भए । अहिले फेरि अर्काे मुद्धा लागेर निलम्बनमा परेका छन् । अनि अर्काे उपसचिव विश्वराज मरासिनीविरुद्ध यस अघि नै फरक फरक चार वटा मुद्धा चलिरहेको छ । पूरानो मुद्धा नै फैसला भएको छैन,फेरि अर्काे भ्रष्टाचार मुद्धा थपिएको छ । जैसी काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर गोदावरी नगरपालिकामा आइपुगेका थिए । उनी गोदावरीमै कार्यरत रहेको समयमा डेढ लाख घुस रकम सहित अख्तियारको फन्दामा परे । उनी र सव इञ्जिनियर किशोरकुमार मोक्तान अख्तियारको स्ट्रिङ अप्रेसनमा परेका थिए । यो प्रकरणमा सफाई पाए पछि त्यहाँबाट भेरी नगरपालिका जाजरकोटको प्रमुख प्रशासकीय अधिकृत,त्यहाँका जिससका हाकिमको जिम्मेवारी पाएका थिए । तर डेढ बर्ष नबित्दै फेरि अर्काे मुद्धा भोग्दैछन् ।

बिज्ञापन

अख्तियाले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन् गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन,उपमेयर मुना अधिकारी सहित यी दुई पूर्व हाकिम मरासिनी र जैसीलाई पनि पोलेको हो । अख्तियारले भ्रष्टाचार मुद्धा चलाएकोमध्ये विश्वराज मरासेनीलाई चार वटा मुद्धा चलिरहेको छ । गत असोज ७ गते बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा रहदा भ्रष्टाचार गरेको भन्दै चलेको मुद्धा विशेषमा विचराधिन छ । मरासिनी सोही पालिकामा हुँदा माछापोखरी निर्माणको ठेक्का भ्रष्टाचारी ठहर भएका छन् । टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनीलाई ६ महिना कैद र ४ लाख ६१ हजार २ सय ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । मरासिनी भ्रष्टाचारी ठहर भएको ६ महिना नपुग्दै अर्को भ्रष्टाचारको मुद्दा दायर भएको हो । सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनीविरुद्ध अर्को भ्रष्टाचारको मुद्दाको सुनुवाई हुनै बाँकी छ,उनीमाथि फेरि अर्काे मुद्धा थपिएको छ । मरासिनी धादिङको बुढानिलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको थिमी नगरपालिका, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र बाराको सिम्रौनगढ नगरपालिकासम्म चलाएर उनी अछामको प्रमुख जिल्ला अधिकारी हुँदा भ्रष्टाचार मुद्धा चलेपछि निलम्बनमा परेका थिए । यता,यी दुई भाइलाई माथ खुवाउने गरी कुनै समयमा गोदावरीमै रहेका र स्थानीय तहका रैथाने हाकिम विरेन्द्रदेव भारती पनि डामिएका छन् ।

भारती अहिले भरतपुर नगरपालिका पुगेका छन् । यस बोहक पनि उनीविरुद्ध अख्तियारमा उजुरीको चाङ लागेको बुझिएको छ । ललितपुरकै गोदावरी नगरपालिकामा झण्डै डेढ करोड रूपैयाँ फिर्ता गरिदिन हिम्मत गर्ने तिनै भारती हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि फोहोरमैला प्रशोधनको विवादित काम अगाडि बढाउन तथा सेती खोँचको ढुंगागिट्टी संकलन तथा निकासीका अलवा कन्सल्टेन्सी कम्पनीहरूका नाममा भुक्तानी भएका विभिन्न शीर्षकका झण्डै २ करोड रूपैयाँ भुक्तानीमा समेत भारतीको नाम जोडिएर अख्तियारमा उजुरी परेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष