एकै महिनामा ५ अर्ब २४ करोड रकमान्तर

सरकारले पछिल्लो एक महिनामै ५ अर्ब २४ करोड रकम रकमान्तर र थप निकासा गरेको भेटिएको छ । अर्थमन्त्री वर्षमान पुनले बैशाख महिनामा विभिन्न ३० शीर्षकमा ५ अर्ब २४ करोड रकमान्तर गरेका हुन ।
उर्जा मन्त्रालयलाई विभिन्न ९ वटा आयोजनाका नाममा,भौतिकका ६,रक्षा मन्त्रालयका ३, शहरीका ११  स्वास्थ्य तथा जनसंख्याका १ वटा योजना तथा आयोजनाका नाममा रकमान्तर गरिएको हो ।  रकमान्तर भएका अधिकांश रकम विकासे मन्त्रालयकै छ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालय अन्तर्गतका आयोनजाबाट अर्को आयोजनामा रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्री पुनले बजेट बाहिरबाट राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिन डाइभर्सनले १ अर्ब ४० करोड थप निकासा प्राप्त गरेको छ ।

बिज्ञापन

नदी नियन्त्रणका लागि उर्जा मन्त्रालयले १४ करोड १७ लाख रकमान्तरको अनुमति पाएको छ । उर्जा मन्त्रालयले वृहत सरकारी सिंचाई योजनाको लागि २० करोड रुपैयाँ रकमान्तर गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३४ करोड ६७ लाख एक शिर्षकबाट अर्को शिर्षकमा सारेको छ । यस्तै, रक्षा मन्त्रालयको जंगी अड्डाले ३८ करोड ४४ लाख रकमान्तर गरेको छ । शहरी विकास मन्त्रालयले १ अर्ब ५ करोड रुपैयाँ रकमान्तरको अनुमति पाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

२७ लाख २० हजारको हातमा राष्ट्रिय परिचयपत्र

स्वकीयको घुस डिलमाथि छानबिन भएन,मन्त्रीको लाखौं घुस डिलको उजुरी पुग्यो अख्तियारमा

बिशेष