अनुसन्धान विभागकै उपनिर्देशकको प्रमाणपत्र नक्कली, अख्तियारले मुद्दा हाल्यो

राष्ट्रिय अनुसन्धान विभागकै अधिकृतस्तरका एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागले झुटा प्रमाणपत्र पेश गरी जागिर खाई भ्रष्टाचार गरेको अभियोगमा हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको जनाएको छ । अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको छ ।
चौधरीले उपअनुसन्धान निर्देशकको पदमा रहेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारको दाबी छ। अख्तियारले चौधरीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको मुद्दामा उल्लेख गरेको छ। झुट्टा विवरण दिनेलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखा अधिकृतलाई रमाना बुझाएर गृहमा हाजिर भए कोइराला

‘कुलिङ अफ पिरियड’ हटाउन एमालेकै सात सांसदको संशोधन प्रस्ताव दर्ता

विशेष छानबिन समितिले लियो मन्त्री,मुख्यसचिवदेखि सचिवहरुसँग बयान

स्थानीय तह सेवा तथा सञ्चालन ऐन संशोधन गर्न प्रदेश सरकार तयार

निजामती विद्येयक उपर ४३ संशोधन प्रस्ताव दर्ता

शासकीय सुधार आयोगसँग एक पूर्व प्रशासकको अपेक्षा

सिडिओ र एसपीको कार्यसम्पादन चित्त बुझेन जनप्रतिनिधिलाई

कासमू भर्नेदेखि मूंल्याकनसमेत विद्युतीय प्रणालीबाटै,विद्युत प्राधिकरणले बनायो रेकर्ड

बिशेष