अनुसन्धान विभागकै उपनिर्देशकको प्रमाणपत्र नक्कली, अख्तियारले मुद्दा हाल्यो

राष्ट्रिय अनुसन्धान विभागकै अधिकृतस्तरका एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागले झुटा प्रमाणपत्र पेश गरी जागिर खाई भ्रष्टाचार गरेको अभियोगमा हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको जनाएको छ । अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको छ ।
चौधरीले उपअनुसन्धान निर्देशकको पदमा रहेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारको दाबी छ। अख्तियारले चौधरीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको मुद्दामा उल्लेख गरेको छ। झुट्टा विवरण दिनेलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

बिशेष