सहकर्मी माथि हातपात गर्ने काँग्रेसी कर्मचारी नेता निलम्बित

सहकर्मीलाई हात पात गर्ने कर्मचारी नेता निलम्बनमा परेका छन् । अस्ति शनिवार निगमको सरसफाइ शाखाका हाकिम कर्मचारी ट्रेड युनियनका नेताबाट कुटिएका थिए । एउटा महिला कर्मचारीलाई नाइट सिफट्मा नियुक्ति र अतिरिक्त भत्ताको व्यवस्था गर्न नमान्दा कर्मचारीका नेताले विमानस्थलको आन्तरिक टर्मिनलको भीभीआईपी कक्ष अगाडिको निगमको कार्यालयमा सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेमाथि हातपात गरेका थिए ।

बिज्ञापन

यसरी आफ्नै सहकर्मीमाथि जाइलाग्ने कर्मचारी नेता हुन, मानबहादुर कुँवर। उनी नेपाली कांग्रेसनिकट नेपाल वायुसेवा निगम कर्मचारी संघ केन्द्रीय कार्य समितिका अध्यक्ष हुन्।  कुँवरले एक जना कर्मचारीलाई रात्रिकालीन ड्युटी मिलाइदिन र त्यसवापत ओभरटाइमको भत्ता पनि व्यवस्था गरिदिन सिफारिस गरे। यही बिषयमा तीन महिनादेखि नै उनले दबाब दिँदै आएका थिए । १९ जेठमा पनि  त्यही माग लिएर पालिखेको कार्यकक्षमा पुगेका थिए । तर पालिखे महिलालाई रात्रीकालीन सत्रमा नराख्ने बताइरहेपछि कुँवरले पालिखेमाथि हातपात गरेका थिए । उनै कुँवरले पालिखेमाथि हातपात गरेसँगै उनी तीन महिनाका लागि निलम्बनमा परेका हुन । जेठ २० मा निगम व्यवस्थापनले कुँवरलाई छानबिन नसकुन्जेल अधिकतम तीन महिनासम्मका लागि निलम्बन गरेको हो ।

बिज्ञापन

निगम मानव संशाधन विभागका कामु निर्देशक अशोक सिग्देलद्वारा हस्ताक्षरित उक्त पत्रमा ‘नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा, सर्त सम्बन्धी विनियमावली, २०५८ विपरीत कार्यहरू सम्बन्धमा कुँवर उपर छानबिन गर्नुपर्ने भएको हुँदा ग्राउन्ड सपोर्ट विभागको पत्रबाट जानकारी भएकाले छानबिन समाप्त नहुन्जेल वा बढीमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय भएको छ’ उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

बिशेष