योजना आयोगका सदस्यमा पूर्व सचिव सिंह नियुक्त,यस्ता छन् क्याविनेटका अरु १३ निर्णय

हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ निर्णय सार्वजनिक भएको छ । हिजोको क्याविनेटले हेटौँडा सिमेन्ट उद्योग,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक र राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्ति गरेको छ ।

बिज्ञापन

हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त गर्ने,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम ओली बाजुरालाई नियुक्त गर्ने,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राय खोटाङलाई तोक्ने र राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय भएको छ।

बिज्ञापन

यस्का अलवा ११ देशका राजदुत फिर्ता गर्ने निर्णय पनि गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य इजरायल, साउदी अरव, कतार, मलेसिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने भन्ने निर्णय पनि हिजोको मन्त्रिपरिषद बैठकले गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरण सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने, गृह मन्त्रालयको प्रस्तावमा आवासीय सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम तोकिएको आवासीय सेवामा हडताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने।

बिज्ञापन

तोकिएको सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि तोकिएको मितिबाट लागू हुने गरी राष्ट्रिय परिचय पत्रबाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ बमोजिम विभिन्न ५२ वटा रोगलाई संक्रामक रोगको रूपमा तोक्ने,जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत गरेको छ भने ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्विकृत भएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य सचिवको १० महिना : सार्वजनिक प्रशासन र सेवा प्रवाहको क्षेत्रमा के- के भए सुधार ?

वैरोको सुधार अभियान : बिचौलियाविरुद्ध कठोर र प्रविधिमैत्री सेवाले श्रमिकलाई राहत

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

अब खुल्नेछैन नासु पदमा नयाँ विज्ञापन

‘कानुनी छिद्र’ राखेर पारित भयो कुलिङ पिरियड

भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

यी एक दर्जन नयाँ प्रावधानसहित प्रतिनिधि सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

बिशेष