बर्ष दिनमै ९ हजार अस्थायी दरबन्दी सृजना, ५ हजार स्थायी दरबन्दी थप

सरकारले लोकसेवालाई छलेर एक बर्षमै ८ हजार ८ सय ६६ अस्थायी दरबन्दी सृजना गरेको छ । आफ्ना कार्यकर्तालाई भर्ती गर्ने उदेश्य अनुसार झण्डै साढे नौ हजार स्थायी दरबन्दी स्वीकृत गराइएको भेटिएको हो ।

बिज्ञापन

प्रशासनिक खर्च घटाउन भन्दै १८ वटा निकाय खारेजी प्रस्ताव गरेको सरकारले विभिन्न १७ वटा निकायमा ८ हजार ८ सय ८६ अस्थायी दरबन्दी स्वीकृत गरेर कार्यकर्ता भर्ति गरिएको बिषयलाई महालेखाले कीफयत लेखेको छ ।

बिज्ञापन

महालेखाको प्रतिवेदन अनुसार २०७५ मा कर्मचारी समायोजन गर्दा सङ्घमा ४८ हजार ४०९, प्रदेशमा २२ हजार २९७ र स्थानीय तहमा ६६ हजार ९०८ समेत गरी १ लाख ३७ हजार ६१४ दरबन्दी स्वीकृत गरेकोमा २०७९/८० सम्म संघमा ४ हजार ९७३ दरबन्दी थप गरिएको छ । यस्तै गरी निजामती सेवा ऐनअनसुार संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी विभिन्न १७ निकायमा ८ हजार ८ सय ६६ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

निजामती सेवा सेवा ऐन, २०४९ को दफा ६क मा कुनै नयाँ सरकारी कार्यालय स्थापना गर्नका लागि सगठन संरचना तयार गर्दा नयाँ दरबन्दी सृजना गर्दा तत्काल कायम रहेको संगठन संरचना र दरबन्दीमा पनुरावलोकन वा हेरफेर गर्दा मन्रालयको कायक्रम,कार्यबोझ, कार्यप्रकृति तथा दरबन्दी थप गर्नु पर्ने कारण र सो को औचित्य र उपलव्ध मानव स्रोतका आधारमा संगठन तथा व्यवस्थापन तथा सर्वेक्षढा गरी मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने भए पनि मनलाग्दी ढंगले दरबन्दी श्रसृजना हुनुलाई महालेखाले बदमासी भनेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष