आज बसेको क्याविनेट बैठकले विभिन्न निकायमा नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको कार्याकारी निर्देशकको नियुक्ति गरेको हो ।
बिज्ञापन
हेटौंडा सिमेन्टको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति पाएका छन् भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई नियुक्त गरिएको छ ।
यस्का अलवा आज बसेको क्याविनेट बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने, भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि आजको क्याविनेटले गरेको छ ।
यस्तै, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिनेनिर्णय पनि गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १० बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
बिज्ञापन
































