निजामती प्रवेश :- गुल्मी पहिलो,मनाङ शून्य,कुन जिल्लाको कस्तो छ पोजिसन ? (विवरणसहित)

गत आर्थिक वर्ष २०७९/ ८०मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन् ।निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा गुल्मेलीहरु अग्रपक्तिंमा रहेको एउटा विवरण सार्वजनिक भएको हो । आयोगको ६४ औं प्रतिवेदन केलाउँदा लोकसेवा भीडेर स्थायी नियुक्ति लिनेमा गुल्मेलीहरु अगाडि छन् ।

बिज्ञापन

आयोगको प्रतिवेदन अनुसार,गत आर्थिक बर्षमा १ हजार ९९ र पुरुष २ हजार ५ सय ७६ गरी कुल ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएकोमध्ये गुल्मी जिल्लाबाट मात्र १४५ जना अर्थात कूल सिफारिसमध्ये ३ दशमलव ९५ प्रतिशत गुल्मी जिल्लाबाटै सिफारिस भएका हुन । निजामती सेवामा यस अघि स्याङ्जाले राख्दै आएको वर्चश्व भत्काउदै  गुल्मी जिल्लाका धेरैले निजामतीमा प्रवेश गरेका हुन । आयोगको वार्षिक प्रतिवेदन अनुसार गुल्मीका ४३ महिला र १०२ पुरुषले गतबर्ष लोकसेवा भीडेर निजामती सेवामा स्थायी नियुक्ति लिएका छन् । यो कूल नियुक्तिका लागि सिफारिस भएकामध्ये ३ दशमलब ९५ प्रतिशत हो । उक्त प्रतिवेदन अनुसार,गुल्मीलाई स्याङ्जाले पछ्याइरहेको छ । स्याङ्जाका २९ महिलासहित ११६ जनाले स्थायी नियुक्ति लिएका छन् । यो कुल स्थायी नियुक्ति लिने संख्याको ३ दशमलव १६ प्रतिशत हो ।

बिज्ञापन

यस्तै, सर्लाहीबाट २ दशमलव ९४ अर्थात १०८ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा जुम्लाबाट १०२,धनुषा ९९,सप्तरीबाट ९०,बारा ८९,सुर्खेत ८८,महोत्तरीबाट ८६ जना सिफारिस भएका हुन । कैलालीबाट ८५ जना सिफिारिस भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गत वर्ष मनाङ र मुस्ताङ जिल्लाका कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । सबैभन्दा कम सिफारिस भएकामा डोल्पाबाट १,रसुवाबाट ६,सोलुखुम्बु र तेह्रथुम १०/१० जना स्थायी नियुक्ति लिन सफल भएका छन् । ताप्लेजुगबाट ११,मुगुबाट १३ जनाले स्थायी नियुक्ति लिन सफल भएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

साढे ११ हजार अस्थायी दरबन्दी पुनरावलोकन गरिँदै

सीमा विवाद सामाधान गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

बिशेष