संघमै ११ हजार ३१८ दरबन्दी रिक्त,प्रशासन सेवातर्फमात्रै ९ हजार ४६० कर्मचारी कम

लोकसेवा आयोगका अनुसार संघमा स्वीकृत दबरन्दीभन्दा ११ हजार ३१८ कर्मचारी कम रहेका छन् । आयोगका अनुसार, संघमा ५३ हजार ७६ कर्मचारी दरबन्दी रहेको छ । विभिन्न सेवा तथा समूहमा गरी ४१ हजार ७५८ कर्मचारी कार्यरत रहेका छन् । जसमा सबैभन्दा बढी रिक्त प्रशासन सेवातर्फ ९ हजार ४६० दरबन्दी रिक्त छ भने स्वास्थ्य सेवातर्फ ३ हजार १० दरबन्दी रिक्त रहेको छ । यस्तै नेपाल इञ्जिनियरिङ सेवातर्फ दरबन्दीभन्दा २ हजार ९ सय ३५ कर्मचारी कम कार्यरत रहेको आयोगले जनाएको छ । कृषि र वन सेवामा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको विवरण सार्वजनिक भएको छ ।

बिज्ञापन

जसमा विविध सेवाका २७२७ स्वीकृत दरबन्दी रहेकोमा २१६९ जनामात्र कार्यरत रहेका छन् । स्वीकृत दरबन्दीभन्दा ५५८ जना कम रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।यस्तै,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवातर्फ ३३० जनाको दरबन्दी स्वीकृत भए पनि २३ जना कम अर्थात ३०७ जनामात्र उक्त सेवामा कार्यरत छन् । यस्तै नेपाल इञ्जिनियरिङ सेवातर्फ ६२६५ कर्मचारी कार्यरत छन् । यो सेवाका लागि स्वीकृत दरबन्दी ९ हजार २ सय रहेको छ । इञ्जिनियरिङ सेवातर्फ दरबन्दीभन्दा २ हजार ९ सय ३५ कर्मचारी कम कार्यरत रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

यता कृषिा सेवामा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको लोकसेवाले जनाएको छ । कृषिमा स्वीकृत दरबन्दी १ हजार १ सय ८८ रहेकोमा दरबन्दीभन्दा बढी ५६ कर्मचारी कार्यरत छन् । न्यायसेवातर्फ ५ हजार ३ सय ८९ कर्मचारीको दरबन्दी रहेको भए पनि हाल उक्त सेवामा एक हजार ९ जना कम अर्थात ४३८० सेवारत छन् । आयोगका अनुसार,परराष्ट्र सेवामा २९३ कर्मचारीको दरबन्दी रहेकोमा २७९ जना अर्थात दरबन्दीभन्दा १४ जना कम कार्यरत रहेको जनाइएको छ । सबैभन्दा धेरै सेवारत रहेको प्रशासन सेवामा ९ हजार ४६० दरबन्दी रिक्त छ । यो सेवाका लागि स्वीकृत दरबन्दी २७ हजार ७ सय ५६ रहेको भए पनि अहिले १८ हजार २ सय ९६ कर्मचारी सेवारत छन् । यस्तै लेखापरीषण सेवामा ५ सय ३४ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको भए पनि हाल ४२२ कर्मचारी कार्यरत रहेका छन् । नेपाल वन सेवामा १९४२ कर्मचारीको दरबन्दी रहेकोमा स्वीकृत दरबन्दीभन्दा ७३ जना बढी कर्मचारी कार्यरत रहेका छन् ।

आयोगले प्रतिवेदनमा जनाए अनुसार,शिक्षा सेवामा १ हजार ७० कर्मचारीको दरबन्दी स्वीकृत भए पनि ८७७ कर्मचारी कार्यरत छन भने स्वास्थ्य सेवातर्फ ५२६८ दरबन्दी स्वीकृत भएको भए पनि २५ सय ५८ कर्मचारी कार्यरत छन् । यस्तै संघीय संसद सेवाका लागि ३ सय ८८ कर्मचारीको दरबन्दी छुट्टाइएको भए पनि २ सय ३६ कर्मचारीमात्र कार्यरत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष