काठमाडौँ महानगरपलिकाकाका मेयरका रुपमा वालेन साह आएसँगै चालु शैक्षिक सत्रमा झण्डै १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौं महानगरपालिका शिक्षा शाखाका अनुसार ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ।
बिज्ञापन
सोही व्यवस्था अनुसार ४७३ संस्थागत विद्यालयका १९ हजार हाराहारी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४७३ ले मात्र विवरण उपलव्ध गराएका कारण महानगरपालिकाले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरिएको छ ।
अघिल्लो आर्थिक बर्षमा १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएकोमा थियो । चालु शैक्षिक सत्रमा ४७३ विद्यालयले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण बुझाएका छन् मेयर वालेन साहका अनुसार १ लाख ४९ हजार ९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८४२२ जनाले छात्रवृति पाएका छन्। महानगरपालिकाले अबको तीन दिनभित्र छात्रवृत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । निर्देशन नमाने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।
































