स्थानीय तहका ‘डन’ प्रमुख प्रशासकीय भ्रष्टचार मुद्धामा निलम्बित

स्थानीय तहका डन कर्मचारीका रुपमा चिनिएका सहसचिव वीरेन्द्रदेव भारती ‘गोदावरीकाण्ड’मा परेर निलम्बनमा परेका छन् ।  हाल भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका भारतीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका हुन ।

बिज्ञापन

सरकारले गत वै्रशाखमा २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र भारतीलाई यस अघि अधिकृत हुँदा कार्य गरिसकेको भरतपुर महानगरपालिकामा खटाइएको थियो । यस अघिका गणेश अर्याल प्रमुख जिल्ला अधिकारी बनेर गएसँगै भारती गत साउनमा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न आइपुगेका थिए । ९ महिनामा भारती त्यहाँबाट भरतपुर महानगरपालिकामा सरुवा भएका हुन ।

बिज्ञापन

शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर पाउँदैनन् तर भारती यस्ता कर्मचारी हुन,जस्ले जागिरे जीवनको १५ बर्ष स्थानीय तहमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्ने अवसर पाएका छन् । त्यो पनि गोकर्णश्वर,गोदावरी,नेपालगञ्ज,पोखरा,ललितपुर र भरतपुरजस्तो ठूलो बजेट खेलाउने पाउने स्थानीय तहमा ।

अधिकृत हुँदादेखि नै भरतपुर महानगरपालिकामा काम गरेका उनी पालुङटार नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिका, गोदावरी नगरपालिका जस्ता आकर्षक पालिकामा काम गर्ने अवसर पाएका थिए । त्यहाँबाट गोदावरी नेपालगञ्ज हुँदै पोखरा महानगरपालिकामा केही महिना काम गरेका उनी ललितपुर महानगरपालिका आइपुगेका थिए । अहिले भरतपुर महानगरपालिकामा सरुवा भएर गएका थिए तर गोदावरी नगरपालिकामा भएको एक अर्ब बढी भ्रष्टाचार काण्डमा जोडिएर उनी निलम्बनमा परेका हुन । स्थानीय तहका रैथाने हाकिम विरेन्द्रदेव भारतीविरुद्ध अख्तियारमा उजुरीको चाङ लागेको बुझिएको छ । ललितपुरकै गोदावरी नगरपालिकामा झण्डै डेढ करोड रूपैयाँ फिर्ता गरिदिन हिम्मत गर्ने तिनै भारती हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि फोहोरमैला प्रशोधनको विवादित काम अगाडि बढाउन तथा सेती खोँचको ढुंगागिट्टी संकलन तथा निकासीका अलवा कन्सल्टेन्सी कम्पनीहरूका नाममा भुक्तानी भएका विभिन्न शीर्षकका झण्डै २ करोड रूपैयाँ भुक्तानीमा समेत भारतीको नाम जोडिएर अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।

बिज्ञापन

दैलेखका बासी उनी टोखाका जमिन्दार हुन । केही अघिमात्र सहसचिवमा बढुवा भएपछि समेत उनले नगरपालिका छाडेर अन्यन्त्र जानु परेको छैन । ०५५ सालमा कृषि विकास बैंकका जागिरे भारतीले निजामती सेवामा पाइला राखेको चाहिँ ५६ सालबाट । १० बर्ष पछि उपसचिवमा उक्लिएका उनी सदैव अतिरिक्त आम्दानी हुने मालदार कार्यालयमा प्रमुख हुँदै आएका छन् । उपसचिव हुँदा होस वा सहसचिव स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरिरहेका उनी आँटिला हाकिमका रुपमा चिनिन्थें त्यही आँटलाई अख्तियारले भ्रष्टाचारको मुद्धा चलाएसँगै उनी निलम्बनमा परेका हुन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।