उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेकी अधिकृत भ्रष्टाचारी ठहर,६ महिना कैद

पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सिफारिस समितिले पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई हेरेर होइन कि आफ्नो दलको हो वा होइन भन्ने आधारमा नाम सिफारिस गर्दा पुरस्कार र तक्माको गरिमा ओरालो लाग्न थालेको छ ।

बिज्ञापन

सुर्य गौतम, लेखा पनेरु महतजस्ता बदनाम कर्मचारीका कारण निजामती पुरस्कारले बदनामी खेप्दै छ । यस अघि नै सर्वाेत्कृष्ट निजामती पुरस्कार बदनाम छ,सूर्य गौतमका कारण । २ लाख राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार थापेका उनी श्रीमती इन्दिरा ढकालको कपी आफैंले जाँचेर उत्तीर्ण गराएपछि निजामती वृत्तमा बदनामी कमाएका कर्मचारी हुन ।

बिज्ञापन

०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी थापेकी  लेखा महत्त पनेरु साता नबित्दै घुस सहित पक्राउ परिन ।  जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत रहँदा डेढ लाख घुस रकम सहित पक्राउ परेकी थिइन । अख्तियारबाट खटिएका कर्मचारीले अधिकृत पनेरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो । लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ । सो फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।

पनेरुलाई सोवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो अख्तियारले । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोग लागेको छ । उनी वैशाख १ गतेमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन ।

बिज्ञापन

पुरस्कार थापेको दुई साता पछि नै घुससहित पक्राउ परेकी पनेरुलाई विशेष अदालतले २१ महिनापछि घुस प्रकरणमा दोषी ठहर गर्दै ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको चार महिना पछि पूर्ण पाठ सार्वजनिक भएको हो ।

‘निवेदकबाट पटक–पटक अनुरोध गर्दासमेत महिनौँसम्म निजको काम नगरी घुस रकम दिन बाध्य पार्नु निश्चय पनि एउटा जिम्मेवार राष्ट्रसेवक अधिकृतलाई सुहाउने कुरा होइन । सेवाग्राहीसँग रकम सौदाबाजी गरेको भन्ने कुरा पेस भएको अडियो रेकर्डको संवादबाट देखिन्छ,’ फैसलामा भनिएको छ, ‘कुनै पनि जिम्मेवार राष्ट्रसेवकले गर्न सुहाउने काम नै यो होइन । निजको यस्तो क्रियाकलापको कारणबाट नै मुलुकको सुशासन एवं सामान्य प्रशासन पद्धतिप्रति जनआस्था गिर्दै जाने देखिन्छ ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

बिशेष