नक्कली प्रमाणपत्रका आधारमा ३० बर्ष स्थायी जागिर, अवकाशपछि भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको स्थायी जागिर खाएर भीमकुमार डिसी विरुद्ध अख्तियारले अवकाश पछि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दाङमा अवस्थित श्री प्राथमिक विद्यालय, गलटाकुरी, कौवाघारी, तत्कालीन शिक्षक भीमकुमार डीसीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

स्थायी शिक्षकको रूपमा २०५० असारमा सेवा प्रवेश गरी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश पाइसकेका डिसीले माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, भारतबाट जारी भएको  हाईस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भेटिएसँगै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले सोही ऐनको दफा १६(१) बमोजिम सजायको मागदाबी ​गरेको छ ।

नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले डिसी सजायको भागीदार भएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष