काण्ड लागेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालय

यस अघि विवाद र फण्डामा मुछिएका कर्मचारीलाई थन्काइने ठाउँ थियो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह तर पावर र पहुँच भएका कर्मचारीहरु बदनामीमा मुछिए पनि उनीहरु सामान्य प्रशासन होइन,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा हाजिर गर्दै आएका छन् ।जहाँ बस्यो सोही कार्यालयमा विवाद र बदनामीमा मुछिएका एक हाकिमलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा थन्काइएको छ ।

बिज्ञापन

यसरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएका सहसचिव हुन पुष्पराज शाही । शाही जुन समयमा अध्यागनको हाकिम थिए सोही समयमा हो सबैभन्दा बढी भिजिट भिसाको नाममा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाएको बताइन्छ । २०७८ सालमा विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत भएर आएका उनको मानव तस्करी र बेचबिखनमा संलग्नहरुसँग सम्पर्क रहेको गाइँगुईं अध्यागमनमा नचलेको पनि होइन् । उनी सरुवा भएर त्यहाँबाट अन्तै गएपनि यो गैरकानुनी काममा भने रोक लागेन,झनै फष्टायो । ‘भिजिट भिसाका नाममा सर्वसाधारणलाई विदेश पठाइएको र मानव तस्करी गरेको आरोपमा केही कर्मचारी पक्राउ परे । माथिसम्म च्यानल मिलाउन सक्षम आधा दर्जन अधिकृतहरु अदालतमा जनही लाख लाख धरौटी बुझाएर अहिले पूर्ववत जिम्मेवारीमा फर्किएका छन् । मानव तस्करसँग सेटिङ मिलाएर भएको भनिएको उक्त दुरुपयोगमा शाही भने छानविनको दायरामै परेनन् ।

बिज्ञापन

उनै शाही पछि कमाउ अड्डाको रुपमा परिचित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हाकिम बनेर गए तर त्यहाँ हुँदा सिन्को भाचेनन् । १० महिनामा १० वटा मुद्धा पनि लानज नसक्नुको पछाडि उनको सेटिङ नै मुख्य कारण हो भन्दैछन्,त्यहँँका कर्मचारीहरु । शाहीले सम्पत्ति शुद्धीकरणम बस्दा शक्तिको दुरुपयोग गर्दै व्यापारी,व्यवसायीदेखि कर्मचारीसमेतलाई अनाहक दुःख दिने गरेको गुनासो आउन थालेपछि उनलाई अहिले प्रधानमन्त्री कार्यालयमा थन्काइएको छ । त्यहाँ अहिले कमल भट्टराई हाजिर भएका छन् ।
शाहीले कुर्सीमा रहँदा दर्जनौं व्यापारी,कर्मचारीलाई आतङ्कित पारेर गैरकानुनी तवरबाट आर्जित रकमले बाख्रा फर्म, ओखरको व्यापारमा लगानी गरिरहेको कर्मचारीहरु बताउँछन् । उनी जस्तै एक इस्टिच्यूडमा लोकसेवा तयारी कक्षा पढाउँदा छात्रामाथि जाइलाग्ने कर्मचारीलाई समेत अहिले प्रधानमन्त्री कार्यालयमै जगेडामा थन्काइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

बिशेष