भ्रष्टाचार मुद्धामा धमाधम फैसला :- पूर्व सचिव अर्यालको मुद्धा निसुमा

सर्वाेच्च अदालतले पूर्व रक्षा सचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्धाको निर्णय सुनाउने मिति तोकेको छ । अख्तियारले उनीविरुद्ध ४ करोड ८ लाख ८० हजार रुपैयाँ कुल सम्पत्ति भएको त्यसमध्ये १ करोड ४७ लाख ९९ हजार रुपैयाँको मात्रै स्रोत खुलेको भन्दै अर्यालले २ करोड ६० लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो ।

बिज्ञापन

अख्तियारले दायर गरेको मुद्धामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले ८ मंसिर २०६९ सालमा अर्याललाई डेढ बर्ष कैदी र ६६ लाख जरिवानाको सजाय सुनाएको थियो ।

बिज्ञापन

यस अघि अर्यालविरुद्ध अख्तियारले २०६० मंसिर १० गते मुद्दा दायर गरेको थियो । हदम्याद नलाग्ने भन्दै विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी समूहको इजलासले २०६४ असोज १४ गते उनको मुद्दा खारेज गरिदिएको थियो । त्यसविरुद्ध अख्तियारले सर्वोच्चमा गरेको पुनरावेदनमाथि गत वर्ष पुस १२ गते कल्याण श्रेष्ठ र सुशीला कार्कीको इजलासले विशेषको फैसला उल्ट्याउँदै सुरु तहदेखि मुद्दा हेर्न अर्यालको मुद्दा विशेषमै फर्काइदिएको थियो ।सर्वोच्चको फैसलाअनुसार ६९ वैशाख १२ गते अर्यालविरुद्ध अख्तियारले पुनः विशेषमै मुद्दा दायर गरेको थियो । दायर भएको ७ महिनापछि विशेषले फैसला सुनाउँदै अर्याल भ्रष्ट भएको ठहर गरेको थियो । उक्त फैसला पछि सर्वाेच्चमा पुगेको थियो । सर्वाेच्च अदालतले भने अर्यालको भ्रष्टाचार मुद्दामा असार १० गते फैसला सुनाउने (निसु) मिति तोकेको छ ।

अर्याल २०२२ माघ १७ गते निजामती सेवामा अधिकृतका रूपमा पाइला राखेका हुन । पदोन्नति हुँदै रक्षा सचिव भएका उनको अवकाश ५६ वैशाख २२ मा भएको थियो । सेवा कालमा उनले गुल्मी, मोरङ, झापा र सुर्खेतमा प्रमुख जिल्ला अधिकारी भएर ११ वर्ष बिताएका थिए । उनी निजामती केन्द्रीय सेवा विभागका महानिर्देशकसमेत भएका थिए । ४ वर्ष रक्षा सचिव रहेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

बिशेष