गोदावरीका मेयर र उपमेयर निलम्बित,१ अर्ब ४ करोड भ्रष्टाचार मुद्धा

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

बिज्ञापन

अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको र त्यसको कूल बिगो एक अर्बमाथि रहेको बुझिएको छ । विभिन्न ५ वटा मुद्दामा कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको हो । अख्तियारले आर्थिक वर्ष २०७५/ ०७६ देखि २०७९/ ०८० सम्म सरकारी दर रेटभन्दा कम दर रेटमा ढुंगा, गिट्टी, रोडा, बालुवा उत्खनन गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।

बिज्ञापन

अख्तियारले मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु बिश्वराज मरासिनी, कृष्णप्रसाद जैसी,प्रविन कोइराला,राजस्व समितिको सदस्य सचिव यमलाल बेलवासे, राजस्व शाखा प्रमुखहरु श्रीराम आचार्य र श्रीकण्ठ घिमिरे,माली निर्माण सेवाको प्रकाश माली,कर्मा कन्स्ट्रक्सनका रवि महर्जन,सप्तपथ कन्स्ट्रक्सनका मदन केसीलगायत १४ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो । यस्तै निराकार रोडा ढुङ्गा उद्योगका सञ्चालक मधुसुदन डोटेल, मच्छिन्द्रनाथ मल्टिपर्पोजका सञ्चालक केदारनाथ तिमल्सिना, सजिलो रोडा ढुङ्गा उद्योगका सञ्चालक शशीराज शाही, वीरेन्द्र महर्जनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

मेयर महर्जनमाथि ढुङ्गा गिट्टी निकासीमा न्यून राजश्व निर्धारण गरेर एक अर्ब बढीको राजश्व घोटाला गरेको आरोप लगाइएको छ । त्यस्तै सरकारी जग्गा व्यापारिक लाभको कम्पनीलाई दिएको र राजस्व खातामै जम्मा भइसकेको रकम फिर्ता गरेको अभियोगको भने अझै छानबिन बाँकी रहेको बताइएको छ । अख्तियारले मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष