केपी ओली १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन खोज्दैछन् :- बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत बालेनले यस्तो आरोप लगाएका हुन । उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन्।

बिज्ञापन

उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूहरुले बनाउन लागेको फूटपाथलाई फेरि सडक बनाउन लगाएको पनि आरोप लगाएका छन्।

बिज्ञापन

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनु होला, माननीय केपी ओलीज्यू । झापा गिरीबन्धुमा बैना लिनेहरूलाई’दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।   यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनका दिन सवारी साधन नियमन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

फेरि पक्राउ परे दुर्गा प्रसाई

रसुवामा एमालेको संगठन कमजोर बन्दै, दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

जोखिममा परेका गर्भवतीका लागि बागमतीको निःशुल्क हवाई उद्धार सेवा

निर्वाचनमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

सरकारी तलब खाएर दलको मञ्चमा अध्यक्षता : प्रकाश रैला आचारसंहिताको कठघरामा

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

बिशेष