सहसचिव लामिछाने ५ लाख धरौटीमा रिहा​​

वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा मुछिएका पर्यटन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछानेलाई विशेष अदालतले धरौटी लिएर साधरण तारेखमा छाड्न आदेश दिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत्र २२ मा २४ अर्ब रुपैयाँका दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको भन्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा बहालवाला सहसचिव बुद्धिसागर लामिछाने समेत मुछिएका थिए ।

बिज्ञापन

पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव लामिछाने लामो समयदेखि पर्यटन मन्त्रालयमा कार्यरत छन् । अख्तियारले तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्यका रुपमा रहेका लामिछानेसहित अधिकांशविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाएको हो । लामिछानेसँगै भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, अन्य सदस्यहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा नेपाल वायु सेवा संघ सञ्चालक समितिका सदस्य समेत रहेका लामिछाने आइतबार विशेष अदालतमा निवेदनका साथ उपस्थित भएका थिए ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले लामिछानेलाई ५ लाख रुपैयाँ धरौटीमा तारेख रिहा गरेको हो । लामिछाने सचिव बढुवा हुने लाइनमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

बिशेष