ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने लामिछानेको निर्णयलाई सर्वोच्चको रोक

गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वाेच्च अदालतले उल्टाइदिएको छ । गत जेठ १५ मा गृहमन्त्री लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । मन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुनपर्ने र उनीहरूको साटो नियम उल्लंघन गर्नेहरूलाई सडकमा खटाउने निर्णय गरेका थिए ।

बिज्ञापन

सोही निर्णय अनुसार काठमाडौंका चोक चोकमा दैनिक पाँच सयभन्दा बढीको संख्यामा कारवाहीका परेकाहरु स्वयंसेवकका रुपमा खटिन थालेका थिए । गृहमन्त्रीको उक्त निर्णयविरुद्ध सर्वोच्चमा कृष्ण विकलगायतले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए । गत शुक्रवार दायर भएको उक्त रिटमा ट्राफिक नियम उल्लंघन गरेवापत जरिवानामात्रै तिराउन सक्ने कानुनमा उल्लेख भए पनि प्रहरीले शारीरिक दण्ड दिएको रिटमा जनाइएको थियो ।

बिज्ञापन

सर्वोच्च अदालतले ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष