देशभरका स्थानीय तह आन्दोलित, अनुदान कटौती भएपछि आइपुगे काठमाडौं

देशभरका स्थानीय तहका प्रमुखहरु आन्दोलनमा उत्रेका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा अनुदानको रकम बजेटमार्फत २५ प्रतिशत अनुदान कटौती गरेको भन्दै स्थानीय तहका प्रमुखहरु आन्दोलित भएका छन् । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका गाउँपालिका र नगरपालिका प्रमुखहरू आन्दोलित भएका हुन ।

बिज्ञापन

केन्द्र सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेको भन्दै देशभरिका स्थानीय तहका प्रतिनिधिले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विरोध प्रदर्शन गरेका छन् ।

बिज्ञापन

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२ मा सबै प्रकारका अनुदानमार्फत कुल ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको छ । जसअनुसार, सबैभन्दा बढी कर्णालीका लागि १६ अर्ब ३ करोड,कोशी प्रदेशमा १४ अर्ब ५४ करोड,मधेश प्रदेशका लागि ११ अर्ब ३५ करोड,बागमती प्रदेशलाई १४ अर्ब ७ करोड,गण्डकीमा १२ अर्ब ५८ करोड,लुम्बिनीका लागि १४ अर्ब १ करोड,सूदुरपश्चिमका लागि १३ अर्ब ८३ करोड गरी ९६ अर्ब ४५ करोड ८ लाख रुपैयाँ अनुदान जाने छ । यो वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानमा जाने रकमको योग हो । अर्थ मन्त्रालयका अनुसार आगामी आव प्रदेशमा कुल ६० अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदानका रूपमा जाने छ । ससर्त अनुदान २५ अर्ब ८५ करोड रुपैयाँ जाने छ । विशेष अनुदान ४ अर्ब ४० करोड र समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ जाने गरी विनियोजन गरिएको छ । अर्थ मन्त्रालयका अनुसार यसरी जाने अनुदानमध्ये चालु खर्चमा ७४ अर्ब ९८ करोड र पूँजीगत प्रयोजनमा २१ अर्ब ४६ करोड खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यसरी चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट कटौतीमा परेको भन्दै नगरपालिका र गाउँपालिकाका प्रमुखहरुले आजै प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर अनुदानको कुरा टुङ्गाएर मात्र गाउँ फर्कने जनप्रतिनिधिहरुले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी

कालोसूचीमा थपिए चार निर्माण कम्पनी

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी,प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’

भ्रष्टाचारबाट आर्जित पूर्व मन्त्रीको सम्पत्ति सरकारीकरणको प्रक्रियामा

नेपालको भूराजनीतिक सन्तुलन: चीन र भारत बीचको रणनीतिक स्थिति     

इसेवा असुरक्षित, चार हजार इसेवा अकाउन्ट ह्याक

२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

बिशेष