प्रशासनका १०,प्राविधिक ४ सहित १५ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवहरुको सरुवा गरेको छ । सरुवा भएकामध्ये प्रशासन सेवा सामान्य प्रशासन समूहका १०,इञ्जिनियरिङ सेवातर्फका ४ र शिक्षा सेवाका १ जना रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,इलाका प्रशासन दाङबाट यज्ञबहादुर बुढा निर्वाचन आयोग अन्तर्गत,कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशमा कार्यरत रामेश्वर अर्यालललाई सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सारिएको छ । यस्तै,महिला आयोगबाट सबिता घिमिरे संष्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा,शिक्षा मन्त्रालयबाट रत्मणि भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।

बिज्ञापन

माधव राज मरासिनीलाई राष्ट्रिय महिला आयोगमा ल्याइएको छ । अतिरिक्त समूहमा रहेकी गीता गुरुङलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ । गृहबाट बलराम ढकाल विज्ञापन वोर्डमा पुगेका छन् भने त्यहाँ कार्यरत निसान राज गौतम गृहमा भित्रिएका छन् । महिला मन्त्रालयबाट नीता शर्मा राष्ट्रिय युवा परिषद्,शिक्षा सेवाका रमेश प्रसाद मैनालीलाई राष्ट्रिय युवा परिषद्बाट शिक्षा मन्त्रालयमै पठाइएको छ । सामान्य प्रशासनबाटै मेघराज पन्त कृषि तथा पशुपक्षी मन्त्रालयमा खटाइएको छ ।

यस्तै प्राविधिकतर्फ ४ उपसचिवहरु सरुवा भएका छन् । जसमा भौतिक मन्त्रालयबाट रामचन्द्र पौडेललाई खानेपानी मन्त्रालय,खानेपानीका सुजन जोजोजुलाई भौतिकमा साििरँदा स्मिता शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रबाट शहरी र शहरीमा कार्यरत रामकाजी श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष