अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर, असिस्टेन्ट सव–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्ष,कोषाध्यक्ष,सचिवका साथैं तत्कालीन वडा अध्यक्षलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो । अख्तियारले सोरु गाउँपालिका वडा नम्बर ७ मा सडक निर्माण कार्यमा अनियमितता भएको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढासहितविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

बिज्ञापन

उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका वडा नं ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारले दाबी गरेको छ । नापी किताबमा गलत विवरण उल्लेख एवं कार्यसम्पन्‍न प्रतिवेदनसमेत तयार गरी सोही प्रतिवेदनका कागजातहरूको आधारमा १३ लाख ७२ हजार ३४९ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष