अग्लुङ्ग वडा पालिकाको अनुकरणीय कार्य

मदाने गाउँपालिका गुल्मीले उमेर पुगेर विवाह गर्ने दम्पत्तिहरुलाई सम्मान गरेको छ । गुल्मीको मदाने गाँउपालिकाको वडा नम्बर एक अग्लुङ्गमा उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । उमेर पुगेर विवाह गर्ने जोडीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले जनाएका छन् ।

बिज्ञापन

शैक्षिक उत्प्रेरणा कार्यक्रम अन्तर्गत सामाजिक सचेतनाका लागि २० बर्ष उमेर पुरा गरी विवाह गर्ने नव जोडीलाई वडा कार्यालयले सम्मान गरेको हो । ‘विवाहवारी–२० वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ वालविवाह न्यूनीकरण गर्न उक्त अभियान चलाएको वडाध्यक्ष चन्दले बताए । वडाले असल बुहारी तथा छोरीहरूलाई पनि सम्मान गरेको छ । बैदेशिक रोजगारीका क्रममा धेरै जसो छोराहरू प्रदेश जाने र बुहारीहरू छोराछोरी पढाउने भन्दै सहर पस्ने चलन बढेको छ । बुहारीहरू शहर पसेसँगै गाउँमा बृद्ध बृद्धाहरू एक्लै हुन थालेका छन । सोही कारण बृद्ध बुबाआमाले दुख पाएको अबस्थामा सासुससुरा तथा बुबाआमा सँगै रहेर पालनपोषण गरेका केही बुहारी तथा छोरीहरूलाई पनि वडाले सम्मान गरेको हो ।

बिज्ञापन

शैक्षिक उत्प्रेरणा कार्यक्रम अन्तर्गत १० जना असल बुहारीलाई पनि सम्मान गरिएको छ । वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक संघ संस्थाहरू लाई सम्मान गर्नुका साथै कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई ३ हजार नगद सहित सम्मान गरिएको थियो ।

विभिन्न बिधामा रहेर वडामा योगदान गर्नेहरूलाई दोसल्ला सम्मानपत्र सहित सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।

बिज्ञापन

मदाने गाउँपालिकाको वडा नम्बर १ मा गत निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित युवा सुशील चन्दले वडामा यस्तै प्रकारका सन्देश मुलक काम हरु गर्नका साथै बिकासका काममा पनि अग्रसरता देखाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष