कार्यालय सहयोगी नियुक्तिको बिषयमा कर्मचारीमाथि हातपात,सबै सेवा ठप्प

कार्यालय सहयोगी नियुक्तिको बिषयलाई लिएर कर्मचारीमाथि कुटपिट,अपशव्द प्रयोग र दुर्व्यहारको घटना भएसँगै धादिङको रुबी भ्याली गाउँपालिकामा कार्यरत कर्मचारीहरु सबै सेवा ठप्प पारेका छन् ।
पालिकाको कर्मचारीहरु माथि वडा सदस्यकै अग्रसरतामा हातपात,कुटपिट र दुर्व्यवहारका घटना भएसँगै उक्त पालिका मातहतका २४ कर्मचारीहरुले सामुहिक विज्ञप्ती जारी गर्दै सेवा ठप्प भएको घोषणा गरेका हुन ।

बिज्ञापन

बुधबार दिँउसो ३ बजेर ४० मिनेट जाँदा पालिकाको स्वास्थ्य शाखा प्रमुखलाई सेर्तुङ आधारभूत अस्पतालमा कार्यलय सहयोगी नियुक्तिको बिषयलाई लिएर रुबी भ्याली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य विनोद तमाङको संङ्ग्लनतामा स्थानीय अन्य १२ जना युवाहरुले अपशब्द,अभद्र व्यवहार गर्नुका साथैं बाटो छेकी हातमा ढुङ्गा र लाठी वियरको बोतल बोकेर हातपात गरेसँगै पालिकाका कर्मचारीहरु त्राहीमाम थिए । सोही पालिकाको सामान्य प्रशासन शाखा प्रमुखलाई समेत बारम्बार फोनबाट धम्काएको र नीजि निवासमा जर्वजस्त प्रवेश गरी अपशव्द बोल्नुका साथैं अभद्र व्यवहार र हातपात गरेको घटनाप्रति रुबी भ्याली गाउँपालिकाका कर्मचारीहरुले खेद प्रकट गरेका हुन ।

बिज्ञापन

यस घटनामा संग्लग्न व्यक्तिलाई अभिलम्ब कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख समक्ष कर्मचारीहरुले माग समेत राखेका छन् । कार्यालयका कर्मचारीहरु असुरक्षित रहेको,काम गर्ने वातावरण समेत नभएको कारण सुरक्षाको प्रत्याभूति र काम गर्ने वातावरण नभएसम्म गाउँपालिका,वडा कार्यालय र सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरिएको कर्मचारीहरुले विज्ञप्ती मार्फत जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी

कालोसूचीमा थपिए चार निर्माण कम्पनी

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी,प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’

भ्रष्टाचारबाट आर्जित पूर्व मन्त्रीको सम्पत्ति सरकारीकरणको प्रक्रियामा

नेपालको भूराजनीतिक सन्तुलन: चीन र भारत बीचको रणनीतिक स्थिति     

इसेवा असुरक्षित, चार हजार इसेवा अकाउन्ट ह्याक

२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

बिशेष