कार्यालय सहयोगी नियुक्तिको बिषयमा कर्मचारीमाथि हातपात,सबै सेवा ठप्प

कार्यालय सहयोगी नियुक्तिको बिषयलाई लिएर कर्मचारीमाथि कुटपिट,अपशव्द प्रयोग र दुर्व्यहारको घटना भएसँगै धादिङको रुबी भ्याली गाउँपालिकामा कार्यरत कर्मचारीहरु सबै सेवा ठप्प पारेका छन् ।
पालिकाको कर्मचारीहरु माथि वडा सदस्यकै अग्रसरतामा हातपात,कुटपिट र दुर्व्यवहारका घटना भएसँगै उक्त पालिका मातहतका २४ कर्मचारीहरुले सामुहिक विज्ञप्ती जारी गर्दै सेवा ठप्प भएको घोषणा गरेका हुन ।

बिज्ञापन

बुधबार दिँउसो ३ बजेर ४० मिनेट जाँदा पालिकाको स्वास्थ्य शाखा प्रमुखलाई सेर्तुङ आधारभूत अस्पतालमा कार्यलय सहयोगी नियुक्तिको बिषयलाई लिएर रुबी भ्याली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य विनोद तमाङको संङ्ग्लनतामा स्थानीय अन्य १२ जना युवाहरुले अपशब्द,अभद्र व्यवहार गर्नुका साथैं बाटो छेकी हातमा ढुङ्गा र लाठी वियरको बोतल बोकेर हातपात गरेसँगै पालिकाका कर्मचारीहरु त्राहीमाम थिए । सोही पालिकाको सामान्य प्रशासन शाखा प्रमुखलाई समेत बारम्बार फोनबाट धम्काएको र नीजि निवासमा जर्वजस्त प्रवेश गरी अपशव्द बोल्नुका साथैं अभद्र व्यवहार र हातपात गरेको घटनाप्रति रुबी भ्याली गाउँपालिकाका कर्मचारीहरुले खेद प्रकट गरेका हुन ।

बिज्ञापन

यस घटनामा संग्लग्न व्यक्तिलाई अभिलम्ब कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख समक्ष कर्मचारीहरुले माग समेत राखेका छन् । कार्यालयका कर्मचारीहरु असुरक्षित रहेको,काम गर्ने वातावरण समेत नभएको कारण सुरक्षाको प्रत्याभूति र काम गर्ने वातावरण नभएसम्म गाउँपालिका,वडा कार्यालय र सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरिएको कर्मचारीहरुले विज्ञप्ती मार्फत जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

बिशेष